पर्बत मोदिकाली समाजको बनभोजमा विश्व कप फूटबल २०१८ को फ़ाइनल खेल समेत हेर्न पाइने -हार्दिक निमन्त्रणा ,

इनेप्लिज २०७५ असार ११ गते २२:२८ मा प्रकाशित


हरेक बर्षहरु झैं मोदिकाली समाज यू.एस.ए. ले विभिन्न बिबिध कार्यक्रमहरु सहित आफ्नो वार्षिक ग्रीष्मकालिन बनभोज (Annual Summer Picnic) को आयोजना गर्ने भएको छ ।

उक्त ग्रीष्मकालिन बनभोजएक-आपसमा परिचय गरि दु:खसुखको भलाकुसारी गर्दै मिठा मिठा परिकारहरु खाँदै रमाइलो नाँचगान गरिने छ । यस बनभोज कार्यक्रमलाई अविस्मरणीय र सफल पारीदिनका लागी मेरिल्यान्ड तथा यस वरपर रहनु भयका सम्पूर्ण संघ संस्थामा आबद्ध माहनुभब, पत्रकार ,समाजसेबी तथा सम्पूर्ण नेपाली दाजु भाई, दिदी बहिनीहरु स- परिवार सहितको गरिमामय उपस्थितका लागी सम्पुर्ण पर्बत मोदिकली समाज यू.एस.ए परिवार यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछ।

मिति जुलाई १५, २०१८ आइतवार (July 15, 2018 Sunday) को दिन यहाँहरू

स्थान: Sandy Point State Park
(Cottontail Shelters)
1100 EAST COLLEGE PARKWAY
ANNAPOLIS, MD 21409
समय: बिहान १० बजे देखि बेलुका ७ बजेसम्म ।

विशेष नोट: उक्त बनभोज कार्यक्रम (Summer Picnic) को दिन नै हरेक ४/४ वर्षमा आयोजना हुने विश्व कप फूटबल २०१८ को फ़ाइनल खेल पनि पर्न गएकोले हामी फूटबलप्रेमी सदस्यहरूको हितलाई ध्यानमा राखी प्रोजेक्टर मार्फ़त सो खेलको प्रत्यक्ष प्रसारणको ब्यवस्था गर्ने समेत गरिने जानकारी गराउदछौ ।

धन्यवाद ।

कार्य-समिति
पर्वत मोदी-काली समाज यू.एस.ए.

 

प्रतिक्रिया