इलामका १० वर्षीय बालक हत्याको आशङ्कामा एक पक्राउ

इनेप्लिज २०७२ वैशाख ८ गते ८:५९ मा प्रकाशित

pakraauइलाम, ८ वैशाख । इलाम चमैता–६ देउमीखोपीखर्कका १० वर्षीय बालक विशाल राईको हत्याको आशङ्कामा प्रहरीले भारतको सुकियापोखरीस्थित राङडाँडाबाट आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चमैताका देशबहादुर राई रहेको प्रहरीले जनाएको छ । गत शुक्रबार गाईबस्तु चराउन गएका विशाललाई हत्या गरेको आरोपमा देशबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनीविरुद्ध विशालका बाबु अर्जुनले प्रहरीमा किटानी जाहेरी दिएका छन् । बालक राईको टाउको, निधार र घुँडामा धारिलो हतियारको चोट थियो ।

बालक हत्यापछि फरार रहेका देशबहादुर भागेर भारत पुगेको सूचनाको आधारमा प्रहरीले उनलाई राङडाँडाबाट पक्राउ गरेको हो । उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया