जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्ने छौ l
यस पटकको प्रस्तुतिमा कोलोराडो बाट संचालित बिआरटी डटकम का संस्थापक/संचालक/संचार कर्मी शैलेश पोख्रेल तथा नम्रता अधिकारी पोखरेल लाई निम्त्याएका छौ l आज जनवरी २२ तारिख वहाहरु को बिबाह बन्धनमा बाधिएको बैबाहिक बर्षगाँठ )ठीक १८ बर्ष मा प्रवेश गरेको छ l
प्रस्तुतकर्ता ‘सुवास ढकाल ‘
प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –
जीवन के हो ?
अनुभवको शास्त्र हो जीवन ।हाम्रो भोगाई र बुझाइमा मेहनतले सृजना गरेको सामान्य जीवनशैली जहाँ पारिवारिक साथ र सहयोगसँगै सृजना हुने धैर्यता, आत्मबल, आफ्नोपन र सामाजिक तवरले गरिएका मुल्याङकन, सुझाव, र रिस, घमण्ड र बदलाभाव रहित सकरात्कम सोचले दिएका अनुभूति नै सहज जीवन हो ।
खुसी के हो ?
रहरको प्राप्तिले जन्माउने सुखद अनुभव हो खुसी । जीवन जिउने कला हो खुसी र सन्तोषले यापन गर्ने जीवन सुखी जीवन हो ।खुसी उपहारमा मिल्ने भन्दा पनि आफ्नो ह्रदयले गर्ने आभास र सन्तोषको प्रमाण हो ।सफल जीवनको लागि मान्छेले दिएका थरी थरी परिभाषा भन्दा खुसी शब्द अलिक फरक यसकारण हुन्छ कि खुसी व्यक्तिको स्वभावले नै निर्धारण गर्दछ ।
कर्तव्य के हो ?
चेतनाले ठम्याउने विवेक हो कर्तव्य । एक शब्दको “कर्तव्य” ले बृहत् परिभाषा बोकेको हुन्छ जसले मानवीय स्वभाव र चेतनालाई प्रमाणित गर्दछ । तर कर्तव्य अचेतन मन भित्र पनि हुन्छ l
हाम्रो बिचारमा कर्तव्य शब्द संस्कारसँग जोडिएको हुन्छ । सफल मानिस हुनका लागि उसले निभाएका पारिवारिक, सामाजिक, देशप्रेम जस्ता धेरै धेरै जिम्मेवारीले ठुलो महत्त्व राख्दछ ।
सम्बन्ध के हो ?
आफ्नोपनको महसुस गराउने सेतु हो सम्बन्ध । वैचारिक मेल, सामिप्यता, प्रेम, निकटता आदिले सम्बन्धलाई बाँधेको हुन्छ l हरेक सजीव प्राणिको सम्बन्ध प्रकृतिसँग जोडिएको हुन्छ l मानवीय सम्बन्धको जालो सबैभन्दा बृहत् हुन्छ l सम्बन्ध शब्दको मूल पाटो नै प्रेम हो र यही प्रेमले जोडेका अधिकार र कर्तव्य भित्रको आभास हो सम्बन्ध ।
आत्मियता के हो ?
ह्रदयको अनुभूति हो आत्मियता । बिचारको मेल नै आत्मियताको पहिलो खुड्किलो हो l सानो छँदा आमाबुवा, आफन्त, साथी जस्ता सम्बन्धमा रमाउने आत्मियता युवा अवस्थामा प्रेम विवाह, सन्तान आदिमा गएर जोडिन्छ ।
पारिवारिक खुसीको लागि त अझै आत्मियता शब्द उच्च स्थानमा रहेको हुन्छ । अलग अलग परिवारमा हुर्केका व्यक्ति श्रीमान् श्रीमती बनेर बाँकी लामो जीवन सँगै जिउनु असाध्यै ठुलो त्याग र समर्पण हो ।
आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् ,अर्को पालो तपाईंको हुनसक्छ l
प्रस्तुतकर्ता ‘सुवास ढकाल ‘
प्रतिक्रिया