एनआरएन अमेरिकाका अध्यक्ष डा. पौडेलको नेतृत्वमा डिसीस्थित बिभिन्न सरोकारवालाहरू संग टिपिएस नबिकरणका लागी आग्रह गर्ने

इनेप्लिज २०७४ मंसिर २६ गते २२:५७ मा प्रकाशित

गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा नेपालीहरुको प्रतिनिधित्व गर्दै आगामी १४ तारिख (डिसेम्बर १४ ,बिहिबार) का दिन मेरो नेतृत्वमा एक टोली अमेरिकाको राजधानी वासिंटन डिसीस्थित बिभिन्न सरोकारवालाहरू संग भेटी टिपिएस नबिकरणका लागी आग्रह गर्ने योजना रहेको एक छापा बिज्ञप्ति मार्फत जानकारी गराएका छन् l

यसको साथै एनआरएन अमेरिका का संचार संयोजक बाल जोशीले संयोजन गर्नु भएका बिशेष बैठकहरुमध्ये डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ,डिपार्टमेन्ट अफ स्टेट र युनाईटेड स्टेट स्थित नेपाल ककस का तिन मुख्य कंग्रेसम्यान का प्रतिनिधीहरुसंग रहने जानकारी गराईएको छ l

डा. केशव पौडेल द्वारा जारि पूर्ण पाठ को जस्ता को त्यस्तै :

आदरणीय अमेरिकावासी दाजुभाइ दिदिबहिनीहरु,

नेपालमा झण्डै तिन बर्ष अघि गएको बिनाशकारी महाभुकम्पका कारण उत्पन्न परिस्थिती र नेपालीहरुले भोगेको पिडामा साथ दिंदै अमेरिकी सरकारद्धारा उपलब्ध गराइएको टिपिएस -Temporary Protected Status (TPS) को अवधी आगामी जुन २०१८ मा समाप्त हुंदैछ । अमेरिकामा अस्थायी रुपमा बसोबास गरिरहेका हजारौं नेपाली दाजुभाई दिदिबहिनीहरुले टिपिएस सुबिधा लिएको मात्र होइन, आफ्नो जिबनस्तरलाई नै परिबर्तन गर्न सफल हुनुभएको तथ्य तपाई हाम्रा अघि छर्लङ्ग छ ।

बर्तमान अमेरिकी सरकारका आप्रवासी सम्बन्धी कतिपय पछिल्ला नितिनियमहरुले नेपालीहरुलाई प्रदान गरिएको टिपिएस सुबिधा अव थप नहुने हो की भन्ने चिन्ताले तपाई हामी सबै व्याकुल भएको यथार्थ परिप्रेक्षमा टिपिएसको नबिकरणका लागी हामी सबैले आ आफ्नो स्थानबाट दबाब सृजना गर्न अति नै आवश्यक छ ।

यसै सन्दर्भमा अमेरिका भरी रहेका सम्पुर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै आगामी १४ तारिख (डिसेम्बर १४ ,बिहिबार) का दिन मेरो नेतृत्वमा एक टोली अमेरिकाको राजधानी वासिंटन डिसीस्थित बिभिन्न सरोकारवालाहरू संग भेटी टिपिएस नबिकरणका लागी आग्रह गर्ने योजना रहेको जानकारी गराउन पाउंदा हामी अति उत्साही छौं ।

यसको साथै एनआरएन अमेरिका का संचार संयोजक बाल जोशीले संयोजन गर्नु भएका बिशेष बैठकहरुमध्ये डिपार्ट मेन्ट अफ होम ल्याण्ड सेक्युरिटी ,डिपार्ट मेन्ट अफ स्टेट र युनाईटेड स्टेट स्थित नेपाल ककस का तिन मुख्य कंग्रेसम्यान का प्रतिनिधीहरुसंग रहने जानकारी गराईएको छ l

यस् बैठकहरुमा हुने छलफल तथा निर्णयहरु हामी बैठकपश्चात यहांहरुलाई जानकारी गराउनेछौं । बैठकका क्रममा हुने बार्ताहरुलाई थप प्रभावकारी बनाउन हामीले यहांहरुको सुझावको अपेक्षा गरेका छौं । बिहिबार बिहानसम्म यहांहरुले दिएका सुझावहरुलाई हामी बार्ताका क्रममा उचित स्थान दिनेछौं ।

यहांहरुको सुझाव तथा शुभकामनाको अपेक्षा सहित,

डा. केशव पौडेल
अध्यक्ष
एनआरएन अमेरिका

प्रतिक्रिया