आप्रवासी नेपाली साहित्यमा डायस्पोराको गलगाँड

इनेप्लिज २०७४ असोज १६ गते १५:४० मा प्रकाशित

विषय प्रवेश

डायस्पोरा शब्दको थालनीका बारेमा विद्वानहरुले धेरैनै पटक धेरै ठाँउमा चर्चा गरेको पाइन्छ । आफ्नो मुलुक र संस्कृतिबाट टाढिएर बसेको समुदायलाई जनाउने शब्दको रुपमा  डायस्पोरा शब्द प्रयोग हुन थाल्यो ।  प्रारम्भमा डायस्पोरा शब्दलाई आआफ्नै तरिकाबाट अर्थाउने काम भएको थियो भने त्यपछि डायस्पोरा र डायस्पोरिक साहित्यका बारेमा केही विद्वानहरुले चर्चा गरेको पाइन्छ । डायस्पोराको सम्बन्ध जुईस र इजराइलसँग जोडिएको पाइन्छ । डायस्पोरा शब्द पहिलोपटक हिब्रु भाषामा रहेको बाईबललाई ग्रिक भाषामा अनुवाद गर्दा फैलने अर्थका रुपमा प्रयोग भएको थियो भने अङ्ग्रेजी भाषाको अक्फोर्ड शब्दकोषमा (अन लाईन) यसको प्रयोग १८७६ ई= मा फैलने अर्थका रुपमा प्रयोग भएको थियो र १९५० ई को मध्यमा आएर डायस्पोरा शब्दले ब्यापकता पाउदै गएको देखिन्छ । डायस्पोरा शब्दको थालनीका बारेमा विद्वानहरुले धेरैनै पटक धेरै ठाँउमा चर्चा गरेको पाइन्छ । आफ्नो मुलुक र संस्कृतिबाट टाढिएर बसेको समुदायलाई जनाउने शब्दको रुपमा  डायस्पोरा शब्द प्रयोग हुन थाल्यो ।  प्रारम्भमा डायस्पोरा शब्दलाई आआफ्नै तरिकाबाट अर्थाउने काम भएको थियो भने त्यपछि डायस्पोरा र डायस्पोरिक साहित्यका बारेमा केही विद्वानहरुले चर्चा गरेको पाइन्छ । डायस्पोराको सम्बन्ध जुईस र इजराइलसँग जोडिएको पाइन्छ । डायस्पोरा शब्द पहिलोपटक हिब्रु भाषामा रहेको बाईबललाई ग्रिक भाषामा अनुवाद गर्दा फैलने अर्थका रुपमा प्रयोग भएको थियो भने अङ्ग्रेजी भाषाको अक्फोर्ड शब्दकोषमा (अन लाईन) यसको प्रयोग १८७६ ई= मा फैलने अर्थका रुपमा प्रयोग भएको थियो र १९५० ई को मध्यमा आएर डायस्पोरा शब्दले ब्यापकता पाउदै गएको देखिन्छ ।
अर्को कुरा, डायस्पोरा शब्दले एकातिर फैलने अर्थात आफ्नो जन्मभूमिबाट कारणवस् (जबरजस्ती धपाइएका) प्रवासिएर अन्यत्र गएर बसे पनि कालान्तरमा आफ्नो जन्म भूमिमा फर्केर आउने (यदी जन्मभूमि रहेमा)  अर्थका लागि पनि डायस्पोरा शब्द प्रयोग भएको छ (विकिपेडिया) । डायस्पोराले मुलुकबाट धपाइएका नागरिक अरु मुलुकमा गएर बस्न थालेपछि उनीहरुलाई डायस्पोरा भनेर सम्बोधन गरिएको पाइन्छ । डायस्पोरा शब्दले एकातिर जुइस, तिब्बती, तामिल, कुर्दिस, कश्मिरी, कोरियन, अफगानी, इराकी र आजको मितिमा लिबिया जस्ता जन्मभूमिबाटै विस्थापित भएका समुदायका लागि प्रयोग भएको देखिन्छ भने त्यस सँगसँगै विभिन्न कार्यप्रयोजनका लागि आफ्नो जन्मभूमि  छोडेर अन्य विभिन्न विकसित मुलुकमा आप्रवासीका रुपमा प्रवेश गरेर त्यहीका बासिन्दा भएका समुदायलाई पनि परिभाषित गरेको पाइन्छ । डायस्पोरा सम्बन्धी प्रकाशित पुस्तकहरुमा पनि  सन् २००० सम्म जुईस डायस्पोराका कुराहरु र मुलुकबाट विस्थापित समूहका लागि मात्र हुने ग¥थ्यो भने २००२ पछिमात्र अरु मुलुक र समुदायलाई डायस्पोराका रुपमा चर्चा गर्न थालेको पाइन्छ । एशिया मुलुकहरुको डायस्पोरिक इतिहासमा चिनको नाम अग्र पंक्तीमा आउछ । हजार वर्षअघिदेखि नै चिनमा देखापरेको राजनीतिक अराजकता, भोकमरी र अशिक्षाका कारण लाखौंको संख्यामा चिनबाट चिनियाहरु विभिन्न विकसित मुलुकहमा विस्थापित भएको पाइन्छ भने भारतीय समुदायलाई बृटिश शासकले कामदारका रुपमा अन्यत्र मुलुकमा लगेर त्यही स्थापित गराएको पाइन्छ । माथि उल्लेखित विभिन्न कारणवस् देशबाट विस्थापित भएका समुदायलाई डायस्पोरा शब्दले सम्बोधन गरेको देखिन्छ । डायस्पोरा शब्द समुदायका लागि मात्र प्रयोग हुँदै आएको देखिन्छ । नेपाल र नेपालीको सन्दर्भका कुरा गर्नु पर्दा नेपालीहरु चारवटा कारणबाट विस्थापित भएको देखिन्छ । प्रारम्भमा चाडो एवम् बहुविवाह र धेरै सन्तान जन्माउने प्रवृतिले नेपालीहरुलाई पहाडबाट झारेर समतल र उबजाउँ भुमीको खोजीमा भारत, सिक्किम र भुटानतिर विस्थापित गर्दै गएको पाइन्छ भने दोस्रोमा सन् १८१५ को सन्धिपछि नेपाली युवाहरु बृटिश  सैनिकमा  भर्तिभएर विदेशिने क्रम शुरुभएको देखिन्छ अनि सैनिक जीवनपछि (जागिरबाट पेन्सन भएर) उनीहरु आफ्नो अन्तिम कार्यस्थललाई नै गनतब्य बनाएर बस्न थालेको पाइन्छ भने तेस्रोमा सत्तरीको दशकदेखि नेपाली युवाहरु अध्ययन र जागिरको खोजिमा निस्कन थालेको र विस्तारै विस्थापित हुने क्रम बढ्दै गएको देखिन्छ । अनि चौथोमा २०५२ सालदेखि शुरुभएको माओवादीको जनयुद्ध र त्यसपछि देशमा बढ्दै गएको अस्थिर राजनीतिक अवस्था । यसरी मुलुकबाट विस्थापित भएकाहरुलाई डायस्पोरा वर्गमा राखिएको छ । तर यी सबै विस्थापितका घटनाहरु देशबाट जबरजस्ती निकालिएको नभएर स्वेच्छाले शान्ति र सुखसयल जीवनको खोजिमा विस्थापित भएका  छन् । सयौं वर्षअघि नेपालबाट भुटान पुगेका नेपालीहरु अस्सीको दशकमा भुटानबाट निकालिएपछि नेपालमा शरणार्थीको जीवन बिताइरहेका भुटानी मूलका नेपालीहरुलाई अमेरिका र क्यानाडाले आवासीय शरण दिनथालेपछि साठी हजार नेपालीहरु अमेरिका र क्यानाडामा आएर बसोबास गर्दै आएका छन् । वास्तवमा भन्ने हो भने भुटानी मुलका नेपालीलाई नेपाली डायस्पोरा भन्न सान्दर्भिक देखिन्छ ।

बसाइँ सराईको थालनी

नेपालीहरुको प्रवासिने क्रम प्राचीन समयदेखि रहदै आएको देखिन्छ । प्राचीनकालमा नेपालका राजा र राजखलकहरुको हिन्दुस्तान, भुटान, तिब्बत, सिक्किममा हुने गरेको विवाह र विवाहसंग दाईजोमा जाने गरेको प्रजाको बथानले मल्ल, शाह र राणाकालदेखि नै चल्दै आएको छ । त्यसपछि  सन् १२६० मा अरनिको ८० जना कारिगर लिएर चिन पसेका थिए र त्यहीँ भासिए ।  भारतको पंजाबका राजा रणजित सिंहले नेपाली सेनालाई आफ्नो फौजमा राख्न थाले । त्यसपछि सन् १८१६ को  सुगौली सन्धीपछि अंग्रेजले गोर्खा पल्टनको परम्परा शुरु गराएपछि यो परम्परा अहिलेसम्म पनि यथावत रुपमा चल्दै आएको छ । अझ सन् १८३५ मा अंग्रेजले दार्जिलि¨ प्रान्तलाई सिक्किमसंग उपहारको रुपमा जबरजस्ती  लिएपछि त्यहाँ विकास कार्य गर्न शुरु गर्दा सयजनाको मात्र जनसंख्या रहेको थियो (नेपालबाहिर नेपाली साहित्य र संस्कृति, दिल्लीराज शर्मा) । अनि त्यहाँ विकास गराउन नेपालबाट नेपाली पल्टनसँगै उनका परिवार आएर काम गर्न थालेपछि त्यहीँका वासिन्दा बनेर बस्दै आएका छन् । जसलाई हामी प्रवासी नेपाली भनेर सम्बोधन गर्दै आएका छौं ।

नेपालीहरुको प्रवासिने कारणमा प्रारम्भिक चरणमा विशेष गरेर आर्थिक कारण सबैभन्दा महत्वपूर्णरुपमा अगाडि आएको देखिन्छ  भने अन्य कारणहरुमा कृषि र पशुपालन, गोर्खा सेना (सैनिक), चियाकमानमा काम गर्न, बाटो बनाउन, कोइलाखानीमा काम गर्न, उच्चशिक्षा हासिल गर्न, व्यापार गर्न र तत्कालिन शासक वर्गको राजनैतिक आक्षेपमा परेर देशबाट पलायन हुनु परेको आदि विभिन्न कारणहरु थिए भने अहिले आएर माथि उल्लेखित यी विभिन्न कारणहरुका अतिरिक्त देशको अस्थिर राजनैतिक अवस्था र सुरक्षाको अभावमा नेपालीहरु आजको मितिसम्म पनि आफ्नो शान्ती, सुरक्षा, उच्च शिक्षा र जागिरको खोजिमा थातवास छोडेर विदेशिने क्रम यथावत नै रहेको देखिन्छन् ।

नेपाली साहित्यमा डायस्पोरा शब्दको थालनी

साहित्यमा डायस्पोरा शब्दको प्रयोग अस्सीको दशकको अन्त्यतिरबाट शुरुभएको पाइन्छ । सन् १९८० को अन्त्यतिर अफ्रिकन लिटरेरी एशोसिएसनको सम्मेलनमा क्यारेबियन द्वीपमा अवस्थित ग्वाडेलोपका मेरिस कोण्डेले पहिलो पटक आफ्नो कार्यपत्रमा डायस्पोरा साहित्यका बारेमा चर्चा गरेकी थिईन । त्यसपछि नब्बेको दशकपछि  डायस्पोरा साहित्यले व्यापकता पाउदै गएको पाइन्छ । नेपाली साहित्यको सन्दर्भमा कुरा गर्नु पर्दा बेलायतका प्रा. माइकल हटले सन् १९९८ मा पहिलो पटक “गाइड टु मुग्लान : नेपाली लिटरेरी रिप्रेजेन्टेसन अफ माइग्रेसन टु इण्डिया एन्ड भूटान” मा मुग्लानको अर्थमा डायस्पोरा शब्दको प्रयोग गरेका थिए (डा= गोबिन्दराज भट्टराई)) । त्यसपछि वि.सं. २०६० मा डा. गोबिन्दराज भट्टराईले आफ्नो कृति “मुग्लान” (वि=सं.२०३१) को चौंथो संस्करणको भुमिकामा डायस्पोरा शब्दको प्रयोग गरेको पाइन्छ । यसरी विस्तारै डायस्पोरा शब्दले प्रवासी शब्दलाई थिच्दै अंग्रेजी शब्दको अधिपत्य कायम गर्दै गएपछि डायस्पोरा शब्द नेपाली डायस्पोराको अर्थमा स्थापित हुँदै गएपछि प्रवासी शब्द विस्थापित हुँदै गएको देखिन्छ । देशबाहिरको साहित्यले डायस्पोरा साहित्यको कवच पाएपछि प्रवासी नेपाली साहित्यको प्रयोगमा तगारो लाग्न थालेको छ ।  आफुलाई विदेशी भूमीको देखाउनलाई नवप्रवेशी साहित्यकारहरु डायस्पोरा साहित्यकारका रुपमा आफुलाई परिचय गराएर स्थापित गराउन चाहन्छन् ।

डायस्पोराका बारेमा विशेष कलम चलाउनेहरुमा डा.गोबिन्दराज भट्टराई र डा= खगेन्द्रप्रसाद लुँईटेलको नाम अग्रपंक्तिमा रहेको छ । डा= खगेन्द्रप्रसाद लुँईटेलले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित  गोष्ठीमा पहिलो पटक डायस्पोरिक साहित्यका बारेमा कार्यपत्र पेस गरेको कुरा चर्चा गर्दै डायस्पोराको सैद्धान्तिक सन्दर्भसहितको कार्यपत्र सायद यही नै पहिलो भएको बताउनु हुन्छ । यस लेखकको समेत सहसम्पादन र डा. तारानाथ शर्माको प्रमुख सम्पादनमा प्रकाशित उत्तर अमेरिकाका नेपाली कवि र कविता शीर्षकको संयुक्त कविता संग्रहमा डा. खगेन्द्रले डायस्पोराको सैद्धान्तिक स्वरूपका साथै नेपाली सन्दर्भमा डायस्पोराकाबारेमा कतिपय गम्भीर प्रश्नहरू उठाउनु भएको थियो । त्यस्तै डा.गोबिन्दराज भट्टराईले आफ्ना उत्तरआधुनिक विमर्स (वि.सं.२०६४) र उत्तरआधुनिक ऐना ( वि=सं= २०६६) कृतिहरुमा डायस्पोरा साहित्य र डायस्पोरा साहित्यकारसँगै डायस्पोरा शब्दको प्रयोगको थालनीका बारेमा चर्चा गर्नु भएको बताउनु हुन्छ । डा= भट्टराईले नेपाली लेखकको नेपालबाहिर गएर आफ्नो भ्रमणका बारेमा लेखिएका कृतिलाई पनि डायास्पोरिक साहित्य मानेका छन् । उनले पनि डायस्पोरा साहित्यमा पहिलो कलम चलाउने लेखकका रुपमा आफुलाई चिन्हाउन रुचाउछन् । तर दुवै विद्वानहरुका डायस्पोरिक साहित्यका बारेमा लेखिएका लेखहरुमा वास्तविक डायस्पोरिक साहित्य यही हो भनेर ठोकुवा गरेको देखिदैन । वहाँहरुले नेपालबाट विदेशमा डुल्न गएका साहित्यकारहरुको संस्मरणत्मक कृतिलाई पनि डायस्पोरिक साहित्य मानेको देखिन्छ । जसले गर्दा घनश्यामराज कर्णीकरका सबै यात्रा संस्मरणहरु पहिलो डायस्पोरिक कृति मान्ने कि नमान्ने भ्रम सिर्जना हुन थाल्छ भने वेनामी लेखकको जङ्गबहादुरको बेलायत यात्रा  लाई पनि डायस्पोरिक साहित्य मान्न कर लाग्छ । यस्ता भ्रमात्मक विचारले अहिले नेपालबाहिरका नेपाली साहित्यलाई बेग्ल्यै रुपमा परिभाषित गर्न गाहे भएको छ ।  प्रारम्भमा डायस्पोराको उद्गमबाट लिएर शब्द प्रयोगको थालनी तथा विस्तारका बारेमा यी विद्वानद्वयले चर्चा गरेको पाइन्छ । तर विदेशी शब्दलाई नेपाली साहित्यका लागि प्रयोग गरिनु पर्ने कारणका बारेमा प्रष्ट तर्क राख्न सकेको देखिन्न । त्यस्तै पछिल्लो समयमा नेत्र एटमले नेपाली डायस्पोरिक साहित्यका बारेमा नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली डायस्पोरिक साहित्यकाबारे भएको गोष्ठीमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै खसखस डट कम अन्लाईन विद्युतीय पत्रिकाका संपादक वासु श्रेष्टले डायस्पोराका विषयमा विशेष कलम चलाउने डा. गोबिन्द भट्टराई र डा= खगेन्द्र लुईटेलसँग अन्तरर्वाता लिएर डायस्पोराका बारेमा खसखस मार्ने काम गरेका थिए । यसमा डा= गोबिन्द भट्टराई डायस्पोरा साहित्य हुनु पर्छ भन्ने पक्षमा थिए भने डा= खगेन्द्र लुईटेलले समयसापेक्ष अन्य शब्दबाट सम्बोधन गर्नु पर्ने तर्क दिनु भएको थिया । खसखसले प्रा= डा= वासुदेव त्रिपाठीसँग गरेको वार्तामा त्रिपाठीले नेपालबाहिरको नेपाली साहित्यलाई डायस्पोरा भन्न नमिल्ने भनी यसको चर्को विरोध गरेका थिए । मनु बाज्रकीले पनि नेपाली साहित्य कहिल्यै डायस्पोरा हुन नसक्ने भन्दै डायस्पोराको वास्तविकता केलाएर छर्लङ्ग्याई दिनु भएको थियो । डा= तारानाथ शर्मा, प्रा. मोहनराज शर्मा, कलम दीक्षित, डा= ध्रुवचन्द्र गौतम, डा= मोहन हिमाँसु थापा, डा= दयाराम शाक्य आदि नेपाली साहित्यका प्राध्यापक, अन्वेषक र समालोचकहरुका अतिरिक्त धेरैनै वरिष्ठ साहित्यकारहरुले नेपाली साहित्यलाई  डायस्पोरा भनेकोमा विरोध गर्दै आएका छन् । हामीले कतै पनि डायस्पोरिक अमेरिकाली साहित्य, डायस्पोरिक हिन्दी साहित्य, डायस्पोरिक उर्दु साहित्य, डायस्पोरिक बेलायती साहित्य डायस्पोरिक बङ्गाली साहित्य भनिएको सुनेका छैनौं भने नेपाली साहित्य किन र कसरी डायस्पोरिक  हुन्छ ? यस बारे बसह गरेर समाधान खोज्ने प्रयासमा ए.एन.ए. (अमेरिकाज् नेपाली एसोसिएसन) को साहित्य शाखाका रुपमा रहेको नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा ए.एन.एन को ३०औं सम्मेलनमा यस लेखकको संयोजकत्वमा “नेपाली बाहिरको नेपाली साहित्य डायस्पोरिक कि आप्रवासी”बारे चर्चा परिचर्चा गराउन डा= गोबिन्दराज भट्टराई, डा= खगेन्द्र लुईटेल, डा. बिना बाङ्देल (दिवंगत) र होमराज सुवेदीका कार्यपत्रहरु प्रस्तुतमात्र भएको थियो । त्यसपछि यस कार्यले निरन्तरता  पाएन । यस बारे अझ बहस र चर्चा हुनु पर्छ । डायस्पोराको पक्ष र विपक्षमा अन्य लेखक समालोचकहरुले पनि धेरथोरमात्रामा कलम चलाएको देखिन्छ । प्रायः सबैले डायस्पोराको थालनीको बारेमा चर्चा गरेर त्यस्ता साहित्यलाई डायस्पोरिक साहित्य भन्ने मात्र भनिएको देखिन्छ । नेपालबाहिरका नेपालीहरुलाई चिन्हाउने नेपाली भाषामा आफ्नै शब्द रहेको र त्यसको प्रयोग किन नगर्ने भन्ने बारेमा डायस्पोराका पक्षधरहरु मौन र शब्दहीन देखिन्छन् । डायस्पोराका बारेमा लेखिएका लेखमा तर्क वितर्क कतै देखिदैन । नेपालबाहिर आएर साहित्य सिर्जना गर्ने साहित्य र साहित्यकारलाई प्रवासी साहित्य र प्रवासी साहित्यकार भनिदै र स्वीकारिदै आएकोमा यस्ता शब्द र यसको परिभाषामा परिवर्तन गर्नु पर्ने कुनै आवश्यकता देखिदैन  । अर्थात नेपाली साहित्यमा डायस्पोराको अनैतिक सम्बन्ध जोड्नु पर्ने कुनै कारण देखिदैन ।

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेनलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सार्क राष्ट्रमा लेखिएका नेपाली साहित्यबाहेक नेपाल बाहिर लेखिएका सबै नेपाली साहित्य लेखनलाई प्रवासी नेपाली साहित्य नभनेर डायस्पोरिक नेपाली साहित्य भनेको देखिन्छ (सम्मेलनको बुलेटिन)। तर यसको प्रारम्भिक बिन्दु (कोसे ढुङ्गा) कहाँबाट कसलाई मान्ने भन्नेबारे भने प्रष्ट पारिएको देखिदैन । डायस्पोरिक शब्दको  पहिलो प्रयोग र पहिलो डायस्पारिक रचना, कृति वा पुस्तक कुनलाई मान्ने भन्ने बारेमा पनि अध्ययन अनुसन्धान भएको देखिदैन । हचुवाको भरमा अंग्रेजी शब्दबाट नयाँ प्रयोग गरेर नेपालबाहिरका नेपाली साहित्यको न्वरान गर्नअघि त्यसको स्रोत पनि खुलाउन जरुरी देखिन्छ । यस सम्बन्धमा न त कतै कुनै अनुसन्धान वा अध्ययन भएको देखिन्छ ,  न त यसबारे पहन गर्न कोही तयार नै भएको देखिन्छ । यसमा अहिलेसम्म सबैले आफ्नै विचार राखेको मात्र पाइन्छ । डायस्पोरा साहित्य कस्तोलाई मान्ने । किन मान्ने । यसको मापडण्ड के हुनु पर्ने  र कहिलेदेखि यसको सीमा तोक्ने यावत कुराहरुको बारेमा राम्ररी अध्ययन  र छलफल हुन बाँकी नै छ ।  वास्तवमा भन्ने हो भने नेपाली सहित्य कहिल्यै पनि  डायस्पोरिक साहित्य भएको छैन । नेपाली साहित्यलाई डायस्पोरिक बनाउने काममा अनेसास अर्थात अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । अगस्त १५, २००९ मा न्यु योर्कमा आयोजित अनेसासको पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा प्रा. डा. गोबिन्दराज भट्टराईले नेपाली साहित्यलाई डायस्पोरिक साहित्य भनेर कार्यपत्र प्रस्तुत गरेपछि रातारात नेपालबाहिरको नेपाली साहित्य डायस्पोरिक साहित्य भयो । त्यसलाई मलजल दिएर गोड्ने काम अनेसासका संस्थापक होमराज सुवेदीले गर्न थाल्नु भयो  । आजको मितिमा डायस्पोराको अर्थ नबुभ्mनेहरु डायस्पोरिक साहित्य  लेख्न थालेका छन् । अनेसासको विकास र विस्तारमा होमराज सुवेदीको महत्वपूर्ण योगदान रहेको छ । उनले नै गोड्दै मलजल दिदै डायस्पोरालाई नेपालबाहिरको नेपाली साहित्यको ट्रेड मार्क बनाउन थाल्नु भयो । नेपाली साहित्यले विभिन्न समयमा विभिन्न चरणको परिस्थितिलाई आत्मसात गर्दै वाद र विवाद दुवैलाई खप्दै र सहदै आएको छ । राणाकानिल नेपालको प्रतिबन्धित साहित्य र पंचायनकालीन नेपालको सेन्सरसिप साहित्यको अवस्थालाई पार गर्दै स्वतन्त्र साहित्य हुँदै आज नेपाली साहित्यले विश्वव्यापीकरण स्वरुप पाएको छ । तर यो डायस्पोराको प्रतिछायाले नेपाली साहित्यलाई विश्वव्यापीकरणको दौडमा अपरिपक्क बनाउँदै गएको छ ।  होमराज सुवेदीलाई यो डायिस्पोराको रोग अगस्त १५, २००९ मा न्यु योर्कमा भएको अनेसासको पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनपछि लागेको देखिन्छ । अगस्त २००९ भन्दाअगाडि होमराज सुवेदीको सन् १९९७ (वि.सं.२०५४) मा प्रकाशित प्रवासी स्वर, २००९ (वि=सं=२०६५) समुद्रपारका समालोचना  र सन् २००८ (वि.सं.२०६६) मा प्रकाशित आप्रवासी पत्र लेख्दासम्म उनलाई नेपालबाहिरको नेपाली साहित्य प्रवासी तथा आप्रवासीनै लागेको थियो । यही वास्तविकता पनि हो । तर अगस्त १५, २००९ पछि डायिस्पोरा शब्दले उनको मनमस्तिष्कबाट  प्रवासी र आप्रवासी शुद्ध नेपाली शब्दलाई मेटाइदिएर डायस्पोरा अंग्रेजी शब्द स्थापित गरेपछि एकपछि अर्को गर्दै होमराजजीका  डायस्पोरा पेन (सन् २०१०), डायस्पोराको मान्छे, (सन् २०११), अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन (सन् २०१२) संगै धमाधम डायस्पोरा शब्दले सुसज्जित रचना कृतिहरु देखा पर्न थाल्छन् । नेपालको मदन, कृष्ण, हरी अमेरिका छिरेपछि माईकल/माइक, कृष, हैरी भए जस्तो अनेसासले प्रवासी/आप्रवासी साहित्यलाई डायस्पोरा बनाइ दिएको जस्तो लाग्छ ।

यसरी प्रवासी वा आप्रवासी साहित्य भनेर चिनिदै आएको नेपाली साहित्यलाई नजानि बुझीकन डायस्पोरा को मुखौंटो लगाई दिएको देखिन्छ । प्रयोगकर्ताले यस बारे कुनै अनुसन्धान वा छलफलको आवश्यकता नै देखेनन् । तर नेपालका विद्वानहरुले समेत विदेश भ्रमणको आसमा डायस्पोरा शब्दलाई बिना कुनै अध्ययन अनुसन्धान स्वीकारेको देखिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठान र त्रि.वि.वि.को नेपाली शिक्षण विभागले त यसको शाखासमेत खोलेर तथाकथित डायस्पोरा साहित्यमा अनुसन्धान गर्ने कार्यको जिम्मा लिएको छ । अझ नेपाली लेखकले समेत आफुलाई डायस्पोरा साहित्यकारमा राखेर प्रस्तुत गरेको देखिन्छ । नेपालबाहिरका अझ भनौं युरोप अमेरिकाका साहित्यिक संस्थाको सदस्य भएपछि विदेश जान पाइन्छ र विदेशमा लेखिएका रचना वा कृति डायस्पोरिक साहित्य भनेर परिचय पाउने भ्रममा परेको वा पारिएकोले नेपालबाहिरका संस्थाको सदस्य भएर डायस्पोरिक साहित्य सिर्जना गर्न चाहनेहरु बढ्दै गएका छन् । त्यसैले डायस्पोरा शब्दले अहिले डलरको भाउ पनि पाइरहेको देखिन्छ भने डायस्पोरा साहित्य डलर साहित्य बन्दै गई रहेको छ । अहिले नेपालमा साहित्यकार भनेर परिचय गर्ने  प्रायः सबैनै डायस्पोरिक साहित्य संस्थाको सदस्य हुन रुचाउने गर्छन भने धेरैले सय डलर बराबरको सदस्य शुल्क बुझाएर सदस्य भएका पनि छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपालसहित आफ्ना विश्वभरी रहेका शाखाहरुलाई यही डायस्पोरा शब्द जोडेर कार्यक्रमहरु गर्नु भनेर उर्दी लगाए जस्तो देखिन्छ । भर्खर अस्ट्रेलियामा सम्पन्न पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा डायस्पोरा सम्बन्धी कार्यपत्र प्रस्तुत भएको थियो । अमेरिकाको नर्थ क्यारोलोनामा भएको साहित्य गोष्ठीमा कृष्ण धारावासीले डायस्पोरिक नेपाली साहित्यको वर्तमान अवस्था र भविष्यबारे जानकारी गराउनु भएको थियो । भर्खर नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली डायस्पोरिक कथा संग्रह निकाल्ने सूचना प्रकाशित गरेको छ । यसरीनै कहिले डायस्पोरिक नेपाली कविता प्रतियोगिताको सूचना आउछ भने कहिले डायस्पोरिक साहित्य संग्रहको कुरा आउने गर्दछ । तर यो डायस्पोरालाई कतिजनाले बुझेका छन् ? अनेसासले एकातिर नेपालबाहिरको नेपाली साहित्यलाई डायस्पोरिक साहित्य भनेर प्रचार प्रसार गर्दै हिडेको छ भने अर्कोतिर फेरी अनेसासले अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गराउदै आएको छ । एकातिर अन्तर्राष्ट्रियलाई पनि छोड्न सकेको छैन अर्कोतिर अन्तर्राष्ट्रियलाई  डायस्पोरा पनि भन्न सकिरहेका छैन । बुवालाई डैडी भन्ने कि बाउ भन्नेमा आफुमात्र नरुमल्लिएर नयाँ साहित्य सिर्जना गर्नेहरुलाई पनि अनेसासले रुमल्लाई रहेको छ । यसरी रुमल्लिएको देख्दा अनेसास चाडैनै नाम फेरेर डायस्पारिक नेपाली साहित्य समाज हुन मात्र बाँकी छ । नेपाली साहित्यका विद्वानहरुले नेपालबाहिरको नेपाली साहित्यलाई कहिल्यै पनि डायस्पोरा भन्न रुचाएनन् । तथाकथित डायस्पोरिक साहित्यलाई मलजल दिने अ.ने.सा.स. आफै पनि यसबारे विस्वस्त रहेको देखिदैन । डायस्पोरिक साहित्य सिर्जनालाई प्रोत्साहन दिनु पर्ने ठाउँमा अ.ने.सा.स. नेपाली साहित्यलाई बढी प्रोत्साहित गरेको देखिन्छ । विभिन्न नामधारी वार्षिकमा नगद् डलर पुरस्कारका लागि छनोट गरिने साहित्यिक कृतिहरु पनि प्रायः नेपालका स्रष्टाका हुने गर्दछ भने केहीलाई डायस्पोरिक साहित्य भनेर आफ्नै संस्थाका पदाधिकारीहरुका कृतिलाई पुरस्कार गरिदै आएको छ । अ.ने.सा.स. को काम भनेको नेपाल बाहिरका लेखक तथा तिनका कृतिहरुलाई पुरस्कृत गरेर नेपालबाहिरका लेखक÷स्रष्टालाई प्रोत्साहित गर्नु पर्दछ । यहाँका लेखक/स्रष्टाका कृतिहरु संकलन गर्नु पर्दछ । पहिलो पटक उत्तर अमेरिकाका कविहरुका परिचयसँगै संयुक्त कविता संग्रह अंग्रेजी र नेपाली भाषामा प्रकाशित भयो । तर अ.ने.सा.स.ले यस्तो अनुसन्धान कार्य गर्ने बो पहिले सोच्न सकेन । विदेशमा भएका साहित्य संस्थामा अ.ने.सा.स.को नाम अग्र पंक्तीमा आउने गर्छ । यसको सदस्यता बन्न नेपाल बाहिरका होस वा नेपालभित्रका सबैले सय डलर तिर्नु पर्छ । आर्थिक रुपमा बलियो देखिने संस्थाले नै सबैलाई समेट्दै नेपाल बाहिरका प्रवासी नेपाली साहित्यको संरक्षण गर्नु पर्छ । नेपालबाहिर प्रकाशित भएका पुस्तक–पत्रपत्रिकाहरुको संकलन गर्नु पर्छ ।  यसलाई डायस्पोरा जस्तो अंग्रेजी नामबाट मुक्ती दिलाउनका लागि अथवा यसको वास्तविकता निरुपण गर्नका लागि ठोस कदम चाल्न सक्नु पर्छ । तबमात्र संस्थाको गरिमा बढ्दै जान्छ । नेपाल बाहिरका प्रवासी नेपाली साहित्यलाई चिन्हाउने काम यस्तै संस्थाहरुको दायित्व पनि हो । प्रवासी शब्द नेपालबाहिरका नेपाली भन्ने अर्थमा प्रयोग हुँदै आएको छ । त्यसैले नेपालीपनको वास्तविकता बुभ्mनेहरुले यो शब्दलाई कहिल्यै छोडेका छैनन् । खाडी राष्ट्रका स्रष्टाहरुले प्रवासी नेपाली साहित्य समाजको नामबाट साहित्यिक संस्थाको स्थापना गरेर प्रवासी शब्दलाई नै नेपालबाहिरको नेपाली साहित्यका लागि प्रयोग गर्दै आएका छन् । नेपाली साहित्यको संरक्षण र सम्वद्र्धन गर्ने भनेर विदेशी शब्दलाई जबरजस्ती नेपाली साहित्यमा भित्र्याउन कतिको सान्दर्भिक हो साहित्य कर्म गर्नेहरुले छातिमा हात राखेर भन्न सक्नु पर्छ । प्रवासी शब्दले प्रवासमा भएका नेपालीहरुको प्रतिनिधि गर्ने भएकोले यो शब्दमाथि खोट लाउने ठाउँ पनि देखिदैन । नेपाली शिक्षण समिति र नेपाल प्रज्ञा प्रतिष्ठानले स्वीकार्दैमा आप्रवासी साहित्य डायस्पोरा कदापि हुनु हुँदैन र हुन पनि सक्दैन। यसबारे नेपालबाहिर बसेर साहित्यिक कर्म गर्नेहरुले मिलेर वृहत छलफल गर्नु पर्ने देखिन्छ । यसैका लागि २०१२ देखि ए.एन.ए. (अमेरिकाका नेपालीहरुको संघ) का माध्यमबाट नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाबाट प्रयास शुरु भएको थियो । तर नेतृत्व परिवर्तनसँगै यो कार्यमा पनि तगारो लाग्यो । त्यसपछि २०१५ मा एन.आर.एन. का माध्यमबाट नेपाली साहित्यको विश्वव्यापिकरणमाथि छलफल शुरु गरेर नेपाली साहित्यको विश्व विस्तारका बारेमा अध्ययन अनुसन्धान गर्ने कार्यको थालनी भएको थियो । तर देशमा सत्ता परिवर्तनसँगै पहिले गरिएको विकास कार्यमा तगारो लागे झै एन.आर.एन. को नेतृत्व परिवर्तनसँगै नेपाली साहित्यको विश्वव्यापिकरण कार्यमाथि पनि पूर्णनिराम लाग्यो ।

के हो यो डायस्पोरा

प्रारम्भदेखि नै डायस्पोरा जस्तो अंग्रेजी शब्दको सट्टा नेपाली शब्दको प्रयोगलाई प्राथमिकता दिनेबारे कुरा चले पनि अहिलेसम्म त्यो कार्यान्वयन भएको छैन र डायस्पोराको वास्तविक अर्थ दिन सक्ने नेपाली शब्द पनि खोजिएको छैन । वास्तवमा प्रवासी वा आप्रवासी शब्द हुँदा हुदै  यसको खाँचो पनि दखिदैन । सन् २००९ न्यु योर्कमा पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा  डा. गोबिन्दराज भट्टराईले डायस्पोरा नेपाली साहित्य भनेर कार्यपत्र प्रस्तुत गरेपछि मैले डा. गोबिन्दराज भट्टराईलाई यो डायस्पोरा अंग्रेजी शब्दको आवश्यकता किन पर्यो र यसको सट्टा नेपाली शब्द राख्दा राम्र हुने विचार राख्दा डा. गोबिन्दराज भट्टराईले देशबाहिरको साहित्य भएकोले देशपारिय अर्थात देशपारीको साहित्यको अर्थमा यो शब्द प्रयुक्त गर्न सकिने बारे भन्नु भएको थियो । यस बारे डा. खगेन्द्र लुईटेललाई प्रश्न गर्दा डा. खगेन्द्रले डायस्पोराको नेपालीकरण गर्न सजिलो छैन भन्दै नेपालीमा कतिपय अङ्ग्रेजी शब्द पनि रामै्र गरी पचिसकेका हँुदा शब्द के राख्ने भन्ने विवाद भएमा डायस्पोरा नै राखिदिए पनि फरक पर्दैन भनेका थिए  । तर डायस्पोराको प्रकृतिलाई हेर्दा विशेष पारिभाषिक शब्दावलीका रूपमा आप्रवासी शब्दको प्रयोग गर्न सकिने अवस्था पनि नभएको हैन । क्यानाडामा शायद अमेरिकामा पनि विभिन्न मुलुकबाट आएका साहित्यकारहरुले परिचय गर्दा इमिग्रान्ट राईटर अर्थात आप्रवासी लेखक भनिएको पाइन्छ । भारतका आप्रवासी लेखक, पाकिस्तानका आप्रवासी लेखक वा भनौं रुस, नेपाल वा कोरियाका आप्रवासी लेखक भनिएको पाइन्छ । कोरियन वा अमेरिकन डायस्पोरिक साहित्य  भनेको कतै सुनिदैन । बरु देशछोडेर विदेशिनेलाई इमिग्रान्ट वा आप्रवासी भनिन्छ र यो शब्दले विदेशबाट आएका जो कोहीलाई पनि अर्थाउने भएकोले आप्रवासी लेखक र आप्रवासी साहित्य पनि भन्न नसकिने होईन । नेपाली आप्रवासी साहित्य अर्थात नेपाली इमिग्रान्ट लिटरेचर भनेर सम्बोधन गर्न मिल्छ भने डायस्पोरा किन चाहियो व। अझ पश्चिमेली मुलुकमा बसेकोले पाश्चात्य नेपाली साहित्यले पनि केही अर्थ खुलाउन सक्छ । तर त्यो पश्चिमेली मुलुकका नेपालीहरुका लागि प्रयोग हुन सक्छ ।

डाइस्पोरा शब्दको अर्थ खोज्दा अंग्रेजी शब्द डिस्पर्सनको नजिक रहेको देखिन्छ ।  कुनै वस्तु चारैतिर छरिनुलाई ‘डिस्पर्सन’ भने जस्तै आफ्नो मूल थलोको पहिचान टाढाटाढासम्म फैलाउनुलाई डाइस्पोरा भनिएको पाइन्छ । यो शब्दको सम्बन्ध यहुदीजातिसंग रहेकोले यसको इतिहास पनि यहुदीको पलायनको इतिहाससँग गासिएको छ । त्यसैले अहिलेको अवस्थामा पनि डायस्पोराको अर्थ खोज्ने क्रममा अनुसन्धान कर्ता यहुदीको इतिहास खोतल्दै उनीहरुको विस्थापितको इतिहाससँग गास्ने गरेको पाइन्छ । यो शब्द साहित्यभन्दा बढी संस्कृतिलाई परिचय गराउने सन्दर्भमा संस्कृतिको प्रतिनिधित्व गरेको देखिन्छ । ग्रिसेली शब्द diaspora (डायस्पोरा) को मूल अर्थ निर्वासित जीवन बिताउनु भन्ने हुन्छ भने यसरी निर्वासित मानिसहरुबाट आफ्नो परम्परा र संस्कृतिलाई आफु निर्वासनमा बसेको ठाँउमा पनि निरन्तरता दिनुलाई डायस्पोरिक कल्चर (संस्कृति) भनिदै आएको पाइन्छ । तर विस्तारै डायस्पोरा शब्दले निर्वासित मानिसबाट लेखिएका साहित्यिक रचनाहरु डायस्पोरिक साहित्य भनेर चर्चामा आउन थाल्यो । यहुदी समुदायले आफ्नो निर्वासन जीवनलाई ईश्वरेच्छा मानेका छन् । तर यहुदीहरुको डायस्पोरिक जीवनलाई नेपाली साहित्यमा जबरजस्ती भित्र्याउँन कतिको सान्दर्भिक हुन्छ यो सबैले विचार गर्नु पर्ने कुरा हो । त्यसैले नेपालबाहिर अझ भनौं युरोप अमेरिकामा लेखिएका नेपाली साहित्यलाई डायस्पोरिक साहित्य भन्ने र दक्षिण एशियामा लेखिएका साहित्यलाई प्रवासी साहित्य भन्ने जस्ता भ्रमात्मक परिभाषाले धेरैलाई अल्मलाईदिएको छ । त्यसैले बिना कुनै विवाद नेपाली साहित्यको भौगोलिक वर्गीकरण गर्दा नेपालभित्रको नेपाली साहित्य, दक्षिण एशियाली क्षेत्रको प्रवासी नेपाली साहित्य र अन्य मुलुकको हकमा आप्रवासी नेपाली साहित्य भनेर वर्गीकरण गर्नु पर्छ । यसमा अन्य मुलुकमा युरोप, अमेरिका, रसिया, अष्ट्रेलिया, खाडीराष्ट्र आदिलाई समेट्नु पर्दछ । यी मुलुकहरुमा बसेर सिर्जना गरिएका र यी नै मुलुकमा स्थापित भएका साहित्यिक संस्थाहरुबाट प्रकाशित साहित्यलाई मात्र आप्रवासी नेपाली साहित्यबाट परिभाषित गर्नु पर्दछ । यही नै वास्तविकता हो र यही वास्तविकतालाई यी मुलुकमा बसोबास गर्ने सबै साहित्यकारहरुले मान्नु पर्दछ । डायस्पोराको ठप्पा लगाउने भन्दा पनि अहिले डायस्पोरा वा डायस्पोरिक साहित्यको स्थान निर्धारण गरेर त्यसलाई प्रवासी साहित्य भन्ने कि नभन्ने अथवा डायस्पारा साहित्य मान्ने कि नमान्ने भन्ने समस्या भएकाले सर्वप्रथम यसको निराकरण गरिनु आवश्यक छ । गैरआवासीय नेपालीहरुलाई एन.आर.एन भनेर सम्बोधन गरेझै दक्षिण एशिया मुलुकबाहेकाका नेपाली साहित्यलाई प्रवासीको सट्टा गैरआवासीय नेपाली साहित्य वा एन.आर.एन. साहित्यबाट पनि परचय गराउन सकिन्छ की भन्ने बारे सोच्न सकिन्छ । विश्व साहित्यमा डायिस्पोरालाई जसरी परिभाषित गरे पनि नेपालको सन्दर्भमा प्रवासी शब्दले परापूर्वकालदेखिनै प्रतिस्थापित हुँदै आएकोले हामीले डायस्पोरा र प्रवासी शब्दबीचको परिभाषालाई प्रष्ट पार्नु जरुरी देखिन्छ ।
डा. खगेन्द्र लुईटेलका विचारमा डायस्पोरिक साहित्य भनेर सार्कबाहिर साहित्यलाई मात्र भन्ने गरिएको छ र त्यसमा पनि अमेरिका र युरोपलाई केन्द्रबिन्दु बनाएका डायस्पोरिक साहित्य भन्ने गरिएको पाइन्छ । प्रारम्भमा यसको प्रयोग व्यक्तिगत प्रयोजनका लागि गरिएको देखिन्छ भने कतिपयले त साहित्य सिर्जना गर्दा पुस्तकको शीर्षकमा नै डायस्पोरा शब्द जोडेको पाइन्छ  भने नेपालका लेखकले डायस्पोरिक साहित्यकारमा आफुलाई चिन्हाउन सय डलर तिरेर अनेसासको सदस्य भएर त्यही संस्थालाई प्रकाशक बनाएर आफ्नै खर्चमा कृति प्रकाशन गरेको पनि देखिएको छ ।  यस्तो परिस्थितिबारे प्रकाश पार्दै डायस्पोरा साहित्यबारे डा. खगेन्द्र लुईटेल भन्नु हुन्छ ”नेपाली सन्दर्भमा डायस्पोराबारे कतिपय गम्भीर प्रश्नहरू उठाएको कुरा पनि सबैलाई थाहा भएको कुरा हो । डायस्पोराको बारेमा म पहिलेदेखि नै निकै चिन्तित छु । यतिखेर यताबाट त्यतातिर गएका सबैलाई डायस्पोरिक लेखक हुने रहर छ भने त्यस्तो भनिदिनेहरू यतापटि केही देखापर्न थालेका छन् । यी दुवै नेपाली साहित्यका लागि खराब वृत्ति हुन् । डायस्पोरा शब्द र त्यसको प्रयोग सन्दर्भ सुरुतिर अर्कै भए पनि अहिले त्यसले साहित्यिक स्वरूप ग्रहण गर्न थालेको छ । कुनै शब्दको अर्थ सङ्कोच, अर्थविस्तार, अर्थपरिवर्तन आदि सामान्य प्रक्रिया नै हो त्यसैले कुनै शब्दलाई पहिले जुन अर्थमा प्रयोग गरिन्थ्यो त्यसै अर्थमा प्रयोग गरिनुपर्छ भन्ने छैन । त्यसमा युगीन परिवेशअनुरूप  अर्थ सङ्कोच, विस्तार, परिवर्तन आदि गर्नुपर्ने वा त्यसै हुने पनि गर्छ । डायस्पोरा पनि यस्तै स्थितिमा छ । पहिले विशेषतः यहुदी समुदायको निर्वासनसँग सम्बद्ध डायस्पोराले अहिले विशेषतः आप्रवासनलाई सङ्केत गर्छ । यस सन्दर्भबाट हेर्दा आफ्नो मातृभूमि छाडेर अर्काे कुनै पराइ मुलुकमा गई त्यहीँ जीवन धान्न बाध्य व्यक्ति डायस्पोरिक हुन्छ र त्यस्ता व्यक्तिबाट त्यसै प्रकारको अनुभूति प्रस्तुत गरी लेखिएको साहित्य डायस्पोरिक हुन्छ ।”तर आफ्नो मातृभूमि छोडेर कतै बाहिरिँदैमा न त त्यो व्यक्ति डायस्पोरिक हुन्छ नत त्यसले लेखेको साहित्य नै डायस्पोरिक हुन्छ । अर्कोतिर न्यूनतम एक दशकजति अवधि निरन्तर रूपमा विदेशमा  बिताएर लेखिएको साहित्यलाई डायस्पोरिक भन्न सकिन्छ तर यो पनि अन्तिम सत्य होइन । नेपालबाट प्रवासिएर लेखिएका साहित्यले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएकै छ तर ती सबै साहित्य डायस्पोरिक मान्न सकिदैन। यो भनाईले सधैका लागि देश छोडेर विदेशिएका साहित्यकारहरुबाट लेखिएका साहित्यनै डायस्पोरिक हो भन्ने प्रष्ट पारेको छ भने डायस्पोरा शब्दअघि प्रयोगमा आएको प्रवासी शब्दले पनि एउटै अर्थ बोक्दै आएको छ । त्यसैले यसलाई न्यूनतम रूपमा सैद्धान्तिकीकरण गर्न आवश्यक भइसकेको छ । यस बारेमा गहन छलफल गरी नेपालबारिका नेपालीहरु यहुदीहरु ज्स्तै धपाइएका नभएर स्वेच्छाले विदेशिएका हुन् । उनीहरु प्रवासी वा आप्रवासी नेपाली भएको हुनाले  उनीहरुबाट  सिर्जना भएका साहित्यर्ला पनि प्रवासी वा आप्रवासी नेपाली साहित्य भनिनु र मानिनु पर्दछ ।

निष्कर्ष

नेपालबाहिरको नेपाली साहित्यलाई डायस्पोरा शब्दबाट मुक्ती दिलाउन नेपालबाहिर बसेर नेपाली साहित्यको सेवा गर्ने साहित्यानुरागी, साहित्य प्रेमी, साहित्यकर्मी र नेपालमा बसेर नेपालबाहिरको नेपाली साहित्का बारेमा विशेष चासो दिदै आएका साहित्यकार तथा समालोचकका बीच छलफल हुनु पर्ने जरुरी भएको छ । यसका लागि यताका र उताका दुवैतिरका साहित्यिक संस्थाहरुले विशेष गोष्ठीको आयोजना गर्नु पर्ने बेला आएको छ । यसबारे दार्जिलिङ्ग, सिक्किम, देहरादुन र आसामले के सोच्दै छ, त्यसलाई पनि समेट्नु जरुरी छ । सबैको सामुहिक प्रयासबाट नेपालबाहिरको नेपाली साहित्यलाई पुनः परिभाषित गर्नु पर्ने बेला भएको छ । साहित्य कहिले पनि डायस्पोरिक हुँदैन । अरु भाषा–भाषी र राष्ट्रका (चिन, अमेरिका, भारत, क्यानाडा) साहित्यलाई डायस्पोरिक साहित्य भनेर सम्बोधन गरेको कतै भेटिएको छैन । फेरी किन नेपाली साहित्यलाई मात्र अपवादमा डायस्पोरिक साहित्य भन्ने त ?  यहाँ हुने प्रायः साहित्य गोष्ठीमा फलानो देशको आप्रवासी लेखक (ईमिग्रान्ट राईटर)  भनेर परिचय गराउने पराम्परा (चलन) बाट पनि हामीले बुभ्mनु पर्छ । अहिले हामी सबै डायस्पोराको गलगाँड बोकेर हिडी रहेका छौं र तलका यी विभिन्न प्रश्नहरुको उत्तर खोज्दै भौतारिरहेकाछौं । साहित्यिकवृतबाट हेर्दा डायोस्पोरा के हो ?, डाइस्पोरिक  साहित्य भनेको  के हो, डाइस्पोरिक वा डायिस्पोरा साहित्यकार हुने मापदण्ड के हो ,  कस्ता लेखक र सर्जकहरु यसमा पर्दछन ,  डायस्पोरिक हुनलाई कति समय देशबाहिर रहनु पर्ने,  स्थाई या अस्थाई बसोबास के हुनु पर्ने, कस्तो बिषयमा के कति रचना सिर्जना गर्नु पर्ने , विदेशमा रहेका लेखक  डाईस्पोरिक साहित्यकार भनिएकाहरु पुन केहि वर्षपछि स्वदेश फर्केपछि उनिहरुलाई के भन्ने, घुमघामको बेला या छोटो समय परदेश बसाईको बेलामा लेखिएका रचनाहरुलाई डायिस्पोरा साहित्य भन्ने कि नभन्ने , स्वदेशी लेखकले विदेशको बिषयमा लेख्दैमा त्यस्तो रचना र कृतिलाई डायिस्पोरा भन्ने कि नभन्ने . (मान्ने कि नमान्ने कि नमात्रे),  डायिस्पोराको सट्टा दक्षिण एसियाको साहित्यलाई प्रवासी र त्यस परका साहित्यलाई आप्रवासी साहित्यका रुपमा परिभाषित गर्दा के हुन्छ । अझ भनौं डायस्पोराको सट्टा आप्रवासी वा गैरआवासीय नेपाली साहित्य भनेर चलनचल्तीमा ल्याउँदा के हुन्छ । आदि प्रश्नहरुको उत्तर खोज्न अनाहकमा हामी भौतारिरहेका छौं । यसरी भौतारिनु छोडेर यो डायस्पोराको गलगाँड काटेर फाल्न जरुरी छ । नेपाली भाषाले भारतमा राष्ट्रिय भाषाका रुपमा मान्यता पाइसकेको छ । आज विश्व ७५ मुलुकमा नेपालीभाषीहरु बसोबास गर्दै आईरहेको बारे गैरआवासीय नेपाली संघका शाखाहरुबाट थाहा पाइन्छ । यस्तो अवस्थामा नेपाली भाषालाई आफु बसेको मुलुकमा चिन्हाउँदै जान कुनै एकदिन तोकेर नेपाली भाषा दिवस् वा विश्व नेपाली भाषा दिवस् मनाउने परम्पराको थालनी गर्नेबारे सोच्नु पर्ने बेलामा विदेशी शब्दको च्याँखे थापेर बहस गर्दै छौं । हुन त २१ फरवरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाउने चलन पनि रहेको छ । २१ फरवरीलाइ १९५२ मा तत्कालिन (बाङ्लादेशसहीत) पाकिस्तान सरकारले उर्दु भाषालाई सरकारी भाषाका रुपमा घोषणा गरेपछि ढाका विश्वविद्यालयका विद्यार्थीहरुले बाङ्ला भाषालाई त्यहाँको प्रान्तीय भाषाका रुपमा मान्यता दिलाउन विरोधका साथ निस्केको विद्यार्थीहरुको सामुहिक जुलुसमाथि पाकिस्तानी सरकारको आक्रमणबाट शहीद भएका वीर भाषाप्रेमी शहीदहरुको सम्झनामा मनाउँदै आएको  भाषा दिवस्लाई संयुक्त राष्ट्र संघको युनेस्कोले पनि १७ नोभेम्बर सन् १९९९ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मन्यता दिएपछि विश्वभरीका बाङ्लाभाषीहरुले भाषाका लागि शहीद भएको दिन २१ फरवरीलाई मातृभाषा दिवस्का रुपमा मनाउँदै आएका छन् । यसरीनै हामीले पनि नेपाली भाषा दिवस्  मनाउने बारे सोच्ने बेला आईसकेको छ ।  यदी यसबारे हामीले अहिलेनै सोचेनौ भने भोलीका दिनहरुमा हाम्रा सन्ततीले त्यसरीनै आफ्नो मातृभाषा विर्सने छन् जसरी अहिलेका गायनाका भारतीय मूलका गाइनिजहरुले आफ्नो राष्ट्रिय भाषा हिन्दी र मातृभाषा भोजपुरी तथा मैथली भाषा विर्सीसकेका छन् । यसबारे छलफल गर्ने थलो नेपाल नभएर नेपालबाहिरको कर्मभूमि बनेको छ । त्यसैले नेपाली भाषा साहित्यको संरक्षण गर्ने उद्देश्यका साथ स्थापना भएका संस्थाहरुले यसबारे सोच्नै पर्ने बेला आएको छ । नेपालबाहिरका नेपाली साहित्यबाट डायस्पोराको गलगाँड काटेर फाल्न जरुरी छ  । भाषा रहे हामी रहन्छौं र हाम्रो नेपाली हुनुको अस्तित्व रहन्छ ।

(दशैं २०१७ –gosirawat@gmail.com)

प्रतिक्रिया