बाबुको खुकुरी प्रहारबाट छोरा गम्भीर

इनेप्लिज २०७१ चैत २२ गते ४:४४ मा प्रकाशित

khukuriगाईघाट(उदयपुर), २२ चैत । पञ्चवती–४ बस्ने रामबहादुर तामाङले आफ्ना २१ वर्षीय छोरा विलसनमाथि शनिबार साँझ खुकुरी प्रहार गरेका छन् ।

सामान्य विवाद भएको निुहँमा रामबहादुरले छोरालाई टाउकामा प्रहार गर्दा उनको अवस्था गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । खुकुरी घाइते विलसनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको तथा अभियुक्त रामबहादुरलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया