एनआरएन अमेरिका को निर्वाचन आगमी सेप्टेम्बर ५ र ६ तारिख हुने भएकोले सेप्टेम्बर ३ तारिख देखि नै उम्मेदवारहरुले प्रचार प्रसार बन्द गरेका छन् l एनआरएन रास्ट्रिय निर्वाचन आयोग द्वारा जारी आचार संहिता ले चुनावी मैदानमा उत्रिएका करिव २ सय २५ जना उम्मेदवारलाई प्रचार प्रसार गर्न ४८ घण्टा अगाडी सम्म छुट दिएको छ l
आइतबार सेप्टेम्बर ३ तारिख बिहान ८ बजे अमेरिकाको पूर्वीय समय अनुसार सम्पूर्ण सामाजिक संजाल मार्फत सवै पदका प्रत्यासीहरुले प्रचार प्रसार बन्द गर्न थालेका छन् l सेप्टेम्बर ३ ,आइतबार ८ बजे बिहान करिव ७: ४५ मिनेट सम्म पनि प्रचार प्रसार गर्न उम्मेद्वारहरु क्रियाशील देखिएको छ l
एनआरएन रास्ट्रिय निर्वाचन आयोग ले छापा बिज्ञप्ति अनुसार सेप्टेम्बर ५ र ६ तारिख निर्वाचन हुने केवल बिधुतिय प्रक्रिया बाट मतदान हुने जानकारी दिएको छ l “इलेक्सन बडी ” election buddy नामक सँस्थाले उक्त बिधुतिय निर्वाचन गराउने जिम्मेबार पाएको छ l
उक्त निकायले मतदान अब गर्नु भन्ने निर्देशन दिने छ l यस्को साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका २०१७ कार्यकारी समिति निर्वाचन भनि मतदातालाई बिधुतिय डाक (इमेल) प्रदान गर्ने राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ l
यदि यस्तो निर्देशन सेप्टेम्बर ३ तारिख नआएमा निर्वाचन आयोग संग सम्पर्क गर्न आग्रह गरेको छ l निर्वाचन आयोगले चुनावी प्रचार प्रसार मा शान्त हुन् , मौनता बस्न र चकमन्न हुन् आग्रह गदै व्यक्तिगत ,अप्रत्यक्ष ,दूरभाषिक तथा सामाजिक संजाल मुहार पुस्तिका बाट पनि निषेध गरेको छ l करिव १४ हजार ५ सय मतदाताहरुले यस पटकको चुनावमा मतदान गर्न पाउने छन् l
बिस्तृत जानकारी लिन यहाँ थिच्नु होस् :
https://nrnnccusa.org/election-notice-from-election-commission/
प्रतिक्रिया