रक्तदान गर्न मैनाली अमेरिकाबाट अष्ट्रलिया जाने

इनेप्लिज २०७१ चैत १५ गते २३:३० मा प्रकाशित

arjun 1
इन्टरनेशनल नेप्लिज ब्लड डोनर्सका अध्यक्ष अर्जुनप्रसाद मैनाली विश्व रक्तदाता दिवसका अवसरमा अष्ट्रलियाका नेपाली रक्तदाताहरुलाई हौसला प्रदान गर्न करिब १५ हजार १ सय ८३ किलो मिटरको यात्रा गर्दै १३७ औं पटक रगत दान गर्न अमेरिकाबाट अष्ट्रलिया पुग्ने भएका छन् l

मैनाली रगत दान गर्न दुरीको हिसाबले नेपाल भन्दा टाडा अस्ट्रेलिया पुग्ने भएका छन भने दुरीको हिसाबले अमेरिकाबाट नेपाल पुग्न १२ हजार ७ सय ३३ किलो मिटर पर्दछ l

आर्थिक विकास तथा सहयोग संगठन (ओ इ सी डी)ले गरेको एक अध्ययनमा जनताहरुको खुसि तथा सुखी जीवन प्रतिको सन्तुष्टि मापनमा दश अंकमा अष्ट्रलियाले ७.४ पाएको छ । नेपालको भन्दा कम जनसंख्या भएको अस्ट्रेलियाको क्षेत्रफल नेपाल भन्दा ५२ गुणा ठुलो छ। अस्ट्रेलियामा करिब ७० हजार नेपालीहरु बसोबास गरि रहेको एक आंकडाले देखाएको छ l

अष्ट्रलियामा बर्षमा ५ लाख रक्तदाताले आवश्यक पर्ने १४ लाख युनिट रगत दान गर्छन । यहाँ ३० जना मध्ये १ जनाले रगत दान गर्दछन भने बिरामी ३ जना मध्ये १ जनामा रगत चढाउनु परेको छ। यस्तो परिस्थितिमा अष्ट्रलियामा रहेका नेपालीहरु मध्ये करिब ३ हजारले रगत दान गरि राष्ट्रिय माग पुरा गर्न ऐक्यबद्दता जनाएका छन्।

मैनाली आगामी जुन १३, २०१५ मा रगत दान गर्न न्यु योर्कबाट सिड्नी जादैछन । ११ हजार मिटरको उचाइबाट हवाईजहाजले २२ घण्टा लगाएर न्यु योर्कबाट सिड्नी पुर्याउछ ।

बिश्वब्यापी नेपाली समुदायमा रक्तदान अभियान २०१४ देखि चलाउदै आएका मैनाली ६ देशमा पुगी नेपाली समुदाय संग रगतदानमा सहभागी भै सकेका छन् l

प्रतिक्रिया