नेपाल सरकार शहरि बिकाश मन्त्रीलयको प्रेस विज्ञप्ती

इनेप्लिज २०७४ जेठ १२ गते १९:५६ मा प्रकाशित


राष्ट्रिय आवास कम्पनीका पदमुक्त महाप्रवन्धक दुत बहादुर गुरुङले पत्रकार सम्मेलन गरी माननीय सहरी विकास मन्त्री अर्जुन नरसिंह के.सी. ज्यू माथि दुराग्रहपूर्ण¸ भ्रमपूर्ण एवं कपोलकल्पित रुपमा लाञ्छना लगाएको कार्यप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकार ( मन्त्रिपरिषद् ) को मिति २०७२।०२।१४ को निर्णयानुसार राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त भएका व्यक्तिले कम्पनीको कार्य वाहेक अन्य क्षेत्रमा कार्य गर्दा नेपाल सरकारको अनुमति लिनुपर्नेमा नलिएको¸ विगत २ वर्षमा कम्पनी लगातार घाटामा गएको¸ मनोमानी ढंगले काजमा खटिने खटाउने गरेको¸ कम्पनीको कार्यमा ढिलासुस्ती गरेको लगायतका कारणबाट स्पष्टिकरण सोधिएकोमा निजको स्पष्टिकरण सन्तोषजनक नभएकोले मिति २०७४।०२।०८ को नेपाल सरकार ( मन्त्रिपरिषद् ) को निर्णयानुसार निजलाई पदमुक्त गरी नयाँ महाप्रवन्धक नियुक्ति गरिएको हो ।

असक्षम र अयोग्य व्यक्तिबाट कम्पनी चल्न सक्ने अवस्था नभएकोले पदमुक्त गर्न आवश्यक थियो । नेपाल सरकारको सो कदमबाट विक्षिप्त भई पत्रकार सम्मेलन मार्फत निजले प्रस्तुत गरेका विचार भ्रामक¸ कपोलकल्पित एवं वदनियतपूर्ण रहेको व्यहोरा आम जनसमुदायलाई सूसुचित गराउन यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

प्रतिक्रिया