कतारमा नमस्ते नेपाल प्रदर्शन

इनेप्लिज २०७४ वैशाख १७ गते ०:३३ मा प्रकाशित

 

भोला थापा क्षेत्री ,दोहा–गत २८ शुक्रबार नेपाली चलचित्र नमस्ते नेपाल प्रदर्शन भएको छ । द्वारिका उदय प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको नेपाली चलचित्र “नमस्ते नेपाल” कतारको दोहा स्थीत गल्फ होईजन होटलको सभाहलमा प्रदर्शन भएको हो ।

युरोपमा छायाङ्कन गरिएको पहिलो नेपाली चलचित्र नमस्ते नेपालमा १८ देशका कलाकारहरुले अभिनय समेत गरेका छन। नेपाली संस्कृती विर गोर्खालीहरुका कथाहरु, सगरमाथाका कुरा, नेपाली ढाका टोपीका कुरा र विदेशमा बसोबास गर्दै आएका नेपालीहरुको कथा व्यथाको सेरोफेरोमा केन्द्रित चलचित्र नमस्ते नेपाललाई बरिष्ठ निर्देशक राजु शाह,प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रृजु शाहको निर्देशनमा तयार भएको हो ।

कतारको चर्को गर्मिको प्रवाह नगरि चलचित्र हेर्न दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो । उक्त चलचित्र प्रदर्शनमा कतार आएका बरिष्ठ चलचित्र निर्देशक राजु शाह, हाँस्य कलाकार गोपाल ढकाल छन्देले दर्शक साथ बसेर फिल्म हेरेका थिए । शाहले चलचित्र प्रर्दशन पछि कतारमा धेरैले मन पराई दिएकोमा खुसी जनाए । फिल्म प्रदर्शनमा सहयोग गर्ने रिदम कलाकेन्द्र कतार लगायात सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गरे ।

नेपाली बजारमा राम्रो व्यापार पाएको चलचित्र नमस्ते नेपालको राजु शाहको लेखन रहेको छ भने सविन श्रेष्ठ श्याम श्रेष्ठ, गोपाल ढकाल छन्दे ,नरेन्द्र थापा, सनम कुमार,पार्वती अधिकारी,कमला दाहाल,अन्न कलानडाडेज, अन्जु प्रधान ,म्यूजिका खड्का, बन्ड, इबि जर्ज, लगायतले अभिनय गरेका छन ।

साथै चलचित्रमा बसन्त सापकोटा,ओम सुनार र रियाज सिवाकोटीको संगित, चन्द्र पन्तको द्वन्द र राजु शाहको कथा रहेको छ ।

प्रतिक्रिया