अमेरिकाको भर्जिनिया राज्यकोको वुडब्रिजमा २६ बर्षिय उवर चालक महिलालाई गत मार्च ७ तारिख मंगलबार दिउँसो अपहरण गरिएको आरोपमा संदिग्ध व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ l लागु पदार्थ तथा धेरै रकम बोकेका भारतीय मूलका संदिग्ध व्यक्ति द्वारा अपहरण गरिएको प्रहरी अधिकारीले जनाएका छन् l
उक्त पक्राउ परेका व्यक्ति बाट प्रहरीले गाँजा,चिकित्सक पूर्जी ओखति चक्की तथा पैसा फेला परेको छ l वुडब्रिजमा बसोबास गर्ने उक्त चालक कि साथीले प्रिन्स विलियम काउन्टी प्रहरीलाई जानकारी गराएकी थिइन् l उक्त उवर चालक महिलाले उक्त यात्रुलाई सवारी उठाएकी थिइन् l
शंका लागे पछि ति संदिग्ध यात्रीलाई आफुले नलाने भनि बाहिर जान भने पछि नमानी ति महिला चालकलाई वुडब्रिजका विभिन्न स्थान लगेका थिए l उवर चालकले यात्रीलाई गाडीमा चढाए पछि उक्त व्यती संग लागु पदार्थ र भारी रकम देखे पछि जान अस्विकार गर्दै बाहिर निस्की भन्दा नमानी उल्टै अन्य ठाउँमा जवर्जस्ती हिड्न बाध्य बनाई दिएका थिए l
प्रहरीहरुले मिनी भिल सडक तथा वाशिंगटन ड्राईभ मा गाडी रोक्न सफल भएका थिए l प्रहरीले गाँजा,चिकित्सकले निर्दिष्ट गरेको पूर्जी ओखति चक्की तथा पैसा फेला पारेको छ l समातिएका उक्त व्यक्तिको पहिचान भएको र उनि भारतीय मुलका भर्जिनिया बसोबास गर्ने २६ बर्षिय हरप्रीत सिंह सन्धु भएको पुष्ठी भएको छ l उनलाई अपहरणको अभियोग को मुद्धा ,अनुसूची ४ अन्तर्गत लागु पदार्थ को बिक्रि बितरण तथा गाँजा वितरणक गरेको आरोप प्रहरीले लगाउने भएको कुरा फक्स ५ न्युजले लेखेको छ l
उनलाई हिरासतमा लिइएको छ भने मे १ तारिख अदालत हाजिर गराईने छ l
तस्बिर स्रोत :फक्स ५ न्युज
प्रतिक्रिया