प्रथम महिला द्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा व्हाइट हाउसमा दिवा भोजको आयोजना

इनेप्लिज २०७३ फागुन २६ गते १:५७ मा प्रकाशित

मार्च ८ ,अमेरिकाकि प्रथम महिला मेलानिया ट्रम्पको आतिथ्यमा अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा व्हाइट हाउस स्थित राज भोजन कक्षमा दिवा भोजको आयोजना गरिन l

प्रथम महिला भए पछि व्हाइट हाउसमा उनि द्वारा प्रथम पटक एकल रुपमा अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा गरिएको हो l संयुक्त राष्ट्र द्वारा निर्दिष्ट महिला अधिकार लागि प्रेरणा स्वरुप उत्सव हो l अमेरिका भर महिलाहरुले आज मार्च ८ तारिखमा काम तथा किनमेल छोडेर “एक महिला बिना को एक दिन ” नामक जुलुसमा सहभागी भै मनाएका छन् l

व्हाइट हाउस स्थित राज भोजन कक्षमा प्रथम महिलाले झन्डै ५० जना महिलाहरुलाई स्वागत गरिन l उक्त दिवा भोजनमा सहभागी हुनेहरुमा इभांका ट्रम्प ,उप राष्ट्रपतिकि पत्नी क्यारेन ,व्हाइट हाउस कि परामर्शदाता केलीएन कनवे ,शिक्षा सचिव बेटसी डिभोस तथा अन्य बिशिष्ट महिला अतिथिहरु रहेका थिए l

प्रथम महिलाले उक्त अवसरमा समानता तथा स्वतन्त्रता बारेमा बोल्दै जिम्मेवारी महिलाहरुले एक अर्कामा सफलता हासिल गर्न सहयोग गर्नु पर्ने बताईन l र मन्तब्य राख्ने क्रममा आफू एउटा आप्रवासी हु भन्दै आफु कम्युनिस्ट समाजमा ठुलो भएको हु भन्दै स्वतन्त्रता ,बराबर अवसरको महत्व र मुल्य बुझेको बताइन l उक्त दिवा भोजमा पुरुषहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्स मात्र उपस्थित रहेको सीएनएनमा समाचार छ l

 

तस्बिर स्रोत : एनबिसी वाशिंगटन

प्रतिक्रिया