राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा यात्रा प्रतिबन्ध सम्बन्धि नया कार्यकारी आदेश

इनेप्लिज २०७३ फागुन २३ गते १७:५२ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा यात्रा प्रतिबन्ध सम्बन्धि नया कार्यकारी आदेश जारी गरेका छन् l उनले गरेको कार्यकारी आदेशलाई नवौ पुनरावेदन अदालत तथा डीसी अदालत समेतले खारेज गरेको थियो l

राष्ट्रपति ट्रम्पले अदालतको फैशला माथि पुन विचार गर्न अपिल समेत लाई अदालतले अस्थाई यात्रा स्थापित नगर्ने फैशला गरेको थियो l

सात वटा मुलुक इराक ,सिरिया ,लिबिया ,सुडान,तथा येमनका नागरिकहरु अमेरिका अस्थाई रुपमा आउन प्रतिबन्ध गरिएको थियो l राष्ट्रपतिको कार्यकारी आदेशलाई अस्वीकृत गर्दै अदालतले ७ देशका नागरिकलाई अमेरिका निरन्तर आउन सक्ने बनाई दिएको थियो l

उनको मौलिक कार्यकारी आदेश भन्दा फरक नरहेको आज जारी यो आदेशमा ईराकका लाई उक्त सुची बाट हटाईएको छ l राष्ट्रपतिले गत बुधबार नै उनले यो कार्यकारी आदेश जारि गर्ने रहेका थिए भने तर उनले कांग्रेस लाई सम्बोधन गरे पछि सारिएको हो l उनले जनवरी २७ तारिखमा जारि गरिएको कार्यकारी आदेश खारेजी गर्दै नया यात्रा प्रतिबन्ध जारि गरेका हुन् l

यात्रा प्रतिबन्धमा ईराकलाई हटाईएको छ भने अब ६ वटा राष्ट्रलाई मात्र लागु हुनेछ l गत फेब्रुअरी १० तारिखमा राष्ट्रपति डोनाल्ड ट्रम्प तथा ईराक का प्रधान मन्त्रि हैदर अल अबादी बीच कुराकानी भएको तथा उप राष्ट्रपति माइक पेन्स बीच फेब्रुअरी १८ तारिखमा कुराकानी भएको सीएनएनले जनाएको छ l

अब यो कामको जिम्मेबारी अमेरिकन न्याय बिभागले गर्ने छ भने अहिले सम्म ६ उक्त मुसलमान देशका भित्रिएका शरणार्थी मध्ये करिब ३ सय जना एफबिआई को कडा निगरानीमा रहेको बताएका छन् l उनिहरु आतंक बाद संग सम्बन्ध भएको आशंका गरिएको छ l

यो नया कार्यकारी आदेश अनुसार अस्थाई आवासीय पत्र (ग्रिन कार्ड ) तथा कानुनि रुपमा अमेरिका छिरेका लाई लागु नहुने भएको छ l सात वटा मुलुक इराक ,सिरिया ,लिबिया ,सुडान,तथा येमनका नागरिकहरुलाई यात्रा प्रतिबन्ध गर्दा अमेरिकामा ट्रम्प प्रशासन बिरुद्ध २ दर्जन मुद्धा दायर भएका थिए l

प्रतिक्रिया