स्वास्थ्यक्षेत्र विकास, विकृति र प्राविधिक नियमन

इनेप्लिज २०७३ फागुन १० गते २१:११ मा प्रकाशित

 

नेपालको स्वास्थ्यक्षेत्र र वर्तमान अवस्थालाई बुझ्न यसको ऐतिहासिकतालाई नियाल्नुपर्ने हुन्छ। जसका लागि देशले विभिन्न कालखण्डमा अंगिकार गरेको आर्थिक नीति र देशभित्र भएका राजनीतिक परिवर्तनहरुलाई आधार मान्नुपर्छ।

विश्वपरिवेसमा आर्थिकउदारिकरणको प्रकृया दोस्रो विश्वयुद्वको सेरोफेरोमा अगाडि बढे पनि नेपालमा विस २०४६ को राजनीतिक परिवर्तनसँगै देशले अपनाएको आर्थिक उदारीकिकरणको नीतिअनुरूप देशभित्र विभिन्न सरकारी, गैरसरकारी, सहकारी अनि प्राइभेट/पब्लिक क्षेत्रहरुको व्यापक विस्तारभयो जसले स्वास्थ्य, शिक्षा र अन्य विविध क्षेत्रमा राजनीतिक अनि सामाजिक चेतनाको विकास भयो। यो राजनीतिक परिवर्तनसँगै आर्थिक उदारिकरणको नीतिअनुरूप स्वास्थ्य क्षेत्र पनि व्यापक विस्तारीत हुनपुग्यो। यो क्रम अझै जारी छ जुन आफैंमा आवश्यक र जरूरी थियो, छ र रहनेछ। मुलतः शहर केन्द्रीत स्वास्थ्य संस्थानै भए पनि यसको विस्तारलाई नकारात्मक रूपमा हेर्नुपर्ने कारण विल्कुल देखिदैन।

स्वास्थ्य क्षेत्र विस्तार अनि विकासको प्रक्रियाले सेवा प्रदायक बजार विस्तारका लागि भए पनि देशका विभिन्न कुनामा पुग्न थालेका छन्। विगतको सीमित सरकार नियन्त्रित स्वास्थ्य संस्थाको प्रतिस्पर्धामा २०४६ पछि आर्थिक उदारिकरणको नीतिअनुरूप हालसम्म आइपुग्दा अनगिन्ति स्वास्थ्य सेवा प्रदायक संस्था खुलिसकेका छन्। यस विस्तार अनि विकास प्रक्रियामा राज्यको साथै तत्सम्बन्धित समाजभित्रका व्यक्ति, समूह र संस्थाहरुको आ–आफ्नै किसिमका योगदान भएको छ। जसले स्वास्थ्यसेवाको विस्तार सँगसँगै केही मात्रामा भए पनि सेवाको गुणस्तरलाई बढावा गरेकै छ। तर, यही संख्यात्मक र केही नगन्य मात्राको सेवाको गुणस्तर, सामाजिक दायित्व बोध र व्यवहारमा प्रयोगगर्नेहरु वाहायक ठूलो मात्रामा स्वास्थ्यसेवा प्रदायकहरु विशुद्ध नाफामुखी, मानवीय समवेदनाहिन र सामाजप्रति गैरजिम्मेवार हुँदै गइरहेको देख्न अनि सुन्न पाइन्छ।

स्वास्थ्य क्षेत्र पनि विभिन्न व्यवसायिक क्षेत्रजस्तै आर्थिक उदारीकरणको नीतिअनुरुप चल्नसक्ने सेवा व्यवसाय भए पनि यसका आफ्नै विशिष्ठ किसिमका मानवीय सम्बन्ध, सरोकार अनि सामाजिक दायित्व रहने क्षेत्र हो।

स्वास्थ्य संस्थाप्रति सामान्य नागरिकको अथाहा विश्वास र सद्भाव रहनुपर्छ । सेवा प्रदायकलाई देवताका अवतारका रूपमा समेत लिने, बुझ्ने आम भावना आज कतिपय अवस्थामा सेवाप्रदायक व्यक्ति वा समूहको गैर जिम्मेवारीपन र अतिनै नाफा प्राप्ति प्रेरित प्रवृत्तिका कारण प्रदुषित अनि आरोपित भइरहेका  छन्। फलस्वरुप कतै नमर्नुपर्ने विरामी मरिरहेका छन् भने कतै स्वास्थ्यकर्मीहरु कुटिएका त कतै स्वास्थ्यसंस्थाहरु जलाइएकासम्म देखिन्छन्।

यसैक्रममा एक वरिष्ट चिकित्सकको भनाई सान्दर्भिक हुन्छ। एक टेलिभिजन अन्तवार्तामा उहाँले भन्दै हुनुहुन्थ्यो, ‘यदि कुनै ट्याक्सी ड्राईभरले बिरामीलाई कुनै स्वास्थ्यसंस्थासम्म पुर्‍याईदिए बापत स्वास्थ्यसंस्थाले उसलाई कमिसन नदिदो हो, स्वास्थ्यकर्मीले कुनै विरामीलाई अनावश्यक औषधि थोपरिदिएर औषधि कम्पनीबाट कमिसन नलिदो हो, वा विरामीहरुलाई यो वा त्यो नाउँको जाँच स्वास्थ्यकर्मीले क्लिनिकमा पठाएर कमिसन नलिँदो हो भने आज पनि विस्तारित रूपका स्वास्थ्यसंस्था अनि यससँग सम्बन्धित सेवाप्रदायकहरुको गरीमा पहिलाभन्दा अझ बढ्दै जाने थियो।’

स्वास्थ्य सेवाजस्तो मानवीय समवेदनासँग जोडिएका आचरणहरु हेक्का हुँदाहुँदै नाफाकारूपमा आफूलाई उभ्याउने नाममा अनगिन्ती सेवागत लापरवाही, आर्थिक लापरवाही, चारित्रिक लापरवाही अझ वृहत रूपमा यसलाई एक किसिमको राष्ट्रघात पनि भन्न सकिने क्रियाकलाप स्वास्थ्य क्षेत्रमा देख्न वा सुन्न पाइन्छ।

सेवागत लापरबाहीको कुरा सम्झँदा दायाँ किड्नीको उचार गर्नुपर्नेमा बायाँ किड्नी झिकेर फ्याँकिदिएको दृष्टान्त, शरीरको उचित स्थानमा शल्यक्रिया नगरिएका कारणले अपाहिच हुनुपरेको, सल्यक्रिया पश्चात प्रयोग भएका औजार शरीर भित्रै छुटेका, सामान्यभन्दा सामान्य दुर्घटना पश्चात सेवा प्रदानका समयमा भएको लापारबाहीका कारण मृत्यु भएको, अपांगता भएको, सामाजिक आर्थिक पीडनमा परेका घटनाहरु हाम्रो समाजभित्र अनगिन्ति छन्। यी त केही प्रतिनिधि घटनामात्रै हुन्। मानवीय त्रुटिहरू कहिलेकाँही हुनसक्छन् तर ती त्रुटिहरूबाट आवश्यक शिक्षा/ज्ञान लिएर भविष्यको अर्को सेवा परिष्कृत गर्नु र अर्को त्रुटि वा जोखिमलाई आउन नदिनु नै सामान्य सिकाइ हो।

स्वास्थ्यसेवा प्रदायकहरु त अझ परिष्कृतरुपमा अगाडि बढ्नुपर्ने हुन्छ। स्वास्थ्य सेवा प्रदायकहरु विशेष रूपमा मानवीय समवेदनासँग प्रत्यक्ष सम्बन्धित र सरोकारवाला पात्रहरु हुन् र रहनेछन्। तसर्थ सेवा प्रदायकमा आवश्यक उत्कृष्ट व्यवसायिकता र सामाजिकउत्तरदायित्व मनन अनि वहन व्यवहारतः देखिने, सुनिने र अनुभव गर्न सकिने गरि रहनुपर्छ।

उदारिकरणका प्रकृयाले उपलब्ध गराएको अवसरको फलस्वरुप स्वास्थ्य संस्थाहरु संख्यात्मक रूपमा व्यापक भएका छन् तर यसमा रहनुपर्ने गुणस्तरियता, सेवाभावना र जनउत्तरदायित्वप्रतिको समर्पणमा भने शंका उत्पन्न भएका छन् ।

प्रतिस्पर्धा सँधै आर्थिक लाभको लागि मात्र गर्नुहुँदैन, प्रतिस्पर्धा त प्रदान गरिने सेवालाई गुणस्तरीय बनाउनको लागि पनि हुनुपर्छ। जसले तपाईहरुको शहरभरी विज्ञापनबोर्ड झुण्ड्याउनुपर्ने बाध्यताको अन्त गर्दछ र सेवाग्राहीहरु आफैं तपाईँको सेवा खोज्दै आउनेछन्।

आर्थिक उदारिकीकरण अन्तर्गत खुलाबजार अर्थनीति अनुरुप विस्तारित र विकसित भइरहेको स्वास्थ्यक्षेत्र, भित्रिन सक्ने र भइरहेका विकृतिहरुलाई सरकारी तवरबाट उचित नियमन हुनु जरूरी छ।

सेवागत विकास र विस्तारहरुलाई संरक्षणको साथसाथै नियमनगर्दै सम्पूर्णरुपमा देश विकासको गतिमा निजीक्षेत्रलाई संलग्न गराउन सकिएको देखिदैन। नीति निर्माण तहमा पहुँच भएका जनशक्तिहरुलाई बाहिरीरूपमा हेर्ने हो भने उहाँहरुको सिप, विध्वतालाई प्रश्न उठाउने ठाउँछैन तर यथार्थमा यस्ता विस्तारित क्षेत्रहरुलाई उचीत संरक्षण, सम्बद्र्धन र नियमनका लागि आवश्यक न्यूनतम पुर्वाधारहरु, कार्यक्रमहरुसमेत देखिँदैन।

आजको प्रविधियुक्त विश्वपरिवेश अनि यसकोप्रभाव व्याप्तरहेको नेपाली समाज त्यसमाथि नाफा आर्जनकालागि खोलिएका यस्ता संस्थाहरुलाई नियमनगर्ने निकायहरुले पनि आफूलाई प्राविधिकरुपमा सबल बनाउँदै अघिबढ्नुपर्ने टड्कारो आवश्यकता छ।

उपलब्ध प्रविधिहरुलाई स्वास्थ्य क्षेत्र जस्तो मानवीय सरोकारयुक्त क्षेत्रमा प्रयोग गरी यसक्षेत्रको अनुसन्धान, विकास, विस्तार र सेवाप्रदायकहरुको व्यवसायिक गतिविधिहरु नियमनगर्न आवश्यक छ।

यसका लागि राज्यले आफ्नो नियमक संरचनाहरुलाईपनि प्रविधियुक्त बनाउन नितान्त जरुरी देखिन्छ ।

आवश्यकता महसुस भएकोखण्डमा सिकेको अनुभवहरुलाई आफ्नो जन्मभूमिको स्वास्थ्यसेवाको विस्तार अनि विकासलाई प्रविधियुक्त नियमक संरचनाद्वारा व्यवसायिक हित र जनउत्तरदायि बनाउने कार्यका लागि निःशुल्क सेवा अर्पणगर्न सदैव तयार छ । हाम्रोजस्तो गरीब अनि भौगोलिक विकटता भएको मुलुकको स्वास्थ्यसेवाक्षेत्रलाई समग्ररुपमा एकैचोटी प्रविधिमा पु¥याउन निकै कठिन छ र पनि असम्भव भने छैन।

केहि निश्चित एक वा दुई शहरी क्षेत्रहरुबाट प्राविधिक नियमनयुक्त स्वास्थ्यसेवा सञ्चालनको सुरुवातहुनु आवश्यक देखिन्छ। नीति निर्माण तहबाटनै आवश्यक प्रविधि, यसको सञ्जाल र सेवाप्रदायकहरुसम्म यसको उपलब्धताका लागि आवश्यक पूर्वाधार निर्माण, विकास गर्नु नितान्त आवश्यक छ। सरकारीतवरबाट प्रविधि प्रयोग सुरू गरी यसमा निजी क्षेत्र सम्बन्धित सेवाप्रदायकहरुको सहभागिता हुनु जरुरी हुन्छ ।

हालः अमेरिकी स्वास्थ्यसेवा प्रविधिक्षेत्रमा कार्यरत

प्रकाशित मिति: सोमबार, फाल्गुण ९, २०७

Source :Setopati.com

 

प्रतिक्रिया