सम्पूर्ण नेपाली समुदायहरु ,
मेरी ममतामयी आमा जया भट्टराई गत जनवरी ३० तारिखमा हामीलाई सदाको लागि छोडेर जानु भएको छ l ८७ बर्षिय आमाको निधनले हामी स्तब्ध तथा मर्माहात भएका छौ l हामी गहिरो शोकमा डुबेका छौ l यस दुखद घडीमा हामीलाई नेपाली समुदाय बाट पाएको दुखका समबेदना सन्देश तथा हामीलाई दिएको हौशला प्रति हामी धन्यवाद दिन चाहन्छौ l समुदायले पछाडी बाट दिएको हिम्मतले हामी काम गरि रहेका छौ l
बिगत २१ बर्ष देखि मेरी स्वर्गीय आमाले हामी संग बिताएको अमुल्य तथा अविस्मरणीय क्षण ले हामीलाई निकै अप्ठ्यारो तथा असहज बनाएको छ l तथापी मानिस मरणशील भएकोले वहाले स्वर्ग को वास लिनु भएको छ भन्ने हामीलाई विश्वास लागेको छ l
आमाको दाह संस्कार आगामी फेब्रुअरी ४ तारिख मनासस भर्जिनियामा हुने भएकोले उक्त दाह संस्कारमा पाल्न हुन् पनि अनुरोध गर्दछौ l
ठेगाना यस प्रकार छ :
The viewing and services will be held on
Saturday, February 4th, 2017 from 10 am to 12 pm
Baker-Post funeral home
10001 Nokesville Rd,
Manassas, VA 20110
धन्यबाद
प्रभा भट्टराई देउजा
कुमार देउजा
प्रकृति देउजा
सेन्टर भिल भर्जिनिया
प्रतिक्रिया