चिसापेक नेपाली ग्रुप्, स्प्रीङ्ग्फिल्ड्, भर्जिनियाको अनुरोध (कार्यक्रम समय निम्न अनुसार परिवर्तन भएको सुचना )

इनेप्लिज २०७३ पुष १३ गते १३:२१ मा प्रकाशित

नमस्कार,

 

एननडेल भर्जिनियाको “चिसपेक नेपाली ग्रुप” यहाँहरु सबैलाई स्प्रीङ्गफिल्ड्, भर्जिनियाको रिचारड बर्ड लाईब्रेरीमा अमेरिकाका नेपाली खेलाडी उज्ज्वल ठकुरीलाई सम्मानका लागी आमंत्रण गर्दछौ । कृपया उपस्थित भइ कार्यक्रमको शोभा बढ़ाई दिन हुन हार्दीक अनुरोध गर्दछौ । साथै अङ्रेजी नयाँ-बर्ष २०१७ को शुभकामना आदान प्रदान गरौ ।

 

उज्ज्वल ठकुरीका महत्वपुर्ण अनुभबहरु द्वारा युवा तथा बाल-बालिकालाई प्रोत्साहित बनाउन उनिहरुलाई पनि यस कार्यक्रममा अवस्य उपस्थित गराउनु होला ।

 

आगामी जनवरी १४ तारीखमा अमेरिकाको फिलाडेल्फियामा “अमेरिका गट ट्यालेन्टको १२ औ सत्रको लागि उज्ज्वल ठकुरी आमंत्रित भएका छन l त्यों प्रस्तुति “क़्यू एक्ट” पद्धतिमा राखिएको छ l उक्त प्रदर्शनमा छनौट भएको खण्डमा उज्ज्वल “अमेरिका गट ट्यालेन्ट”को प्रत्यक्ष प्रसारणमा भाग लिने छन l

 

“अमेरिका गट ट्यालेन्ट”मा नेपाली मूलका ब्यक्तिलाई चिनाउन र बिजयी बनाउनका सम्पुर्ण नेपालीहरुको हौसला र साथको आवश्यकता भएको हुनाले भर्जिनियाबासी नेपालीहरुकोलागी यो कार्यक्रम गरिएको हो l

 

उज्ज्वल “गिनिज बुक अफ वर्ल्ड रेकर्ड”को रेकर्ड होल्डर उमेद्बार पनि हुन । गिनिज वर्ल्ड रेकर्डका लागि १०० पाउन्ड दातले दुबै खुटा फाङ गरेर उठाएको र दात र सरीरले १४० पौन्ड ४८ सेकेन्ड सम्म उठाएको भिडियो पठाइ सकिएको छ ।

 

उज्ज्वलले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ काश्य पदकहरु अमेरिकाको बिभिन्न राज्यबाट जिती सकेका छन । उनी प्रतेक खेलमा आफ्नो जीतका पदक लिदा नेपाली झन्डा उठाएर नेपाली शान बढ़ाउने काम गर्दछन ।

 

धन्यबाद ।

 

चिसापेक नेपाली ग्रुप्, स्प्रीङ्ग्फिल्ड्, भर्जिनिया
फोन : ७०३ २९७ ६८६७

कार्यक्रम स्थान र समय:

७२५० कमर्श स्ट्रीट्, स्प्रीङेफिल्ड्, भर्जिनिया २२१५०
सनिबार, डिसेम्बर ३१, २०१६ ।
दिउसो २:०० देखि ५:०० बजे सम्म

 

Venue and Time:

 

Richard Byrd Library

7250 Commerce St,

Springfield, VA 22150
Saturday, December 31, 2016
From 2:00 PM to 5:00 PM

प्रतिक्रिया