पर्यटकीय नगरी पोखरा लेकसाइडमा सम्पुर्ण सुबिधा सम्पन्न होटल रानीबन आर्केड संचालनमा

इनेप्लिज २०७३ पुष १० गते १३:५६ मा प्रकाशित

15725398_10157989385895158_441888178_o

पोखरा : प्रकृतिको बरदान पर्यटकीय सुन्दर नगरी पोखरामा एक भब्य समारोह बिच होटल रानीबन आर्केडको चर्चित नायिका निशा अधिकारीले उदघाटन गरेकी छीन l होटलमा ६० वटा सुविधा सम्पन्न कोठा छन् जसमा २४ वटा सुपर, २० वटा डिलक्स, १४ वटा सुपर डिलक्स र २ वटा जुनियर सुइट कोठा रहेको होटलका संचालक हरी भुजेलले जानकारी दिए । प्राय सबै कोठाबाट पोखराको मुख्य आकर्षण मानिने फेवा ताल, शान्ति स्तुप, रानीवन लगायत वरपरका हरियाली जंगलहरुको दृश्यावलोकन गर्न सकिन्छ । ‘प्राय कोठाबाट पोखराबाट देखिने हिमालयहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ,’ भुजेलले भने, ‘पूर्ण पर्यटकमैत्री होटल सञ्चालनमा ल्याउन सफल भएका छौं ।पर्याप्त पार्किङको सुविधा रहेको होटलको चौथो तलामा रुफटप गार्डेन बार छ । रुफटप गार्डेन बारलाई ‘माया गार्डेन’बाट ब्राण्डिङ गरिएको छ । होटलमा १ सय जना क्षमताको सभाहल छ । सभाहललाई ‘जमुना हल’ नामाकरण गरिएको भुजेलले जानकारी दिए । ‘होटलको माथिल्लो तलाबाट सम्पूर्ण पोखरालाई स्पष्टसँग ३ सय ६० डिग्रीको कोणबाट अवलोकन गर्न सकिन्छ, पर्यटकहरुको सुविधालाई मध्यनजर गरी लिफ्टको व्यवस्था गरिएको छ भने होटल अपाङ्ग र वृद्धावृद्धामैत्री रहेको भुजेलले जानकारी गराए ।

15697614_1586147854735342_8910189133032867277_n

होटलका प्रत्येक कोठामा मिनीबारको सुविधा रहेको भुजेलले जानकारी दिए । ‘प्रत्येक कोठामा एसीको सुविधा छ,’ उनले भने, ‘खाना तथा खाजाका लागि कोठामै सेवा उपलब्ध छ । चौबिसै घन्टा पर्यटकको सेवामा हाम्रा कर्मचारी खटिएका हुन्छन् । थ्री स्टार होटल सरहको सुविधा उपलब्ध रहेको भुजेलले जानकारी गराए ।होटलको मुख्य आकर्षणका रुपमा प्रवेशद्वार नजिकै प्राकृतिक पहाडको झल्को दिने संरचना तयार पारिएको छ । ‘पहाडको संरचनाबाट नियमित रुपमा झरना जसरी झर्ने पानी यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ,’ भुजेलले भने । आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो । ‘पूर्ण पारिवारिक वातावरणमा होटल सञ्चालन गरिरहेका छौं,’ भुजेलले भने, ‘पर्यटकको स्वागत सत्कार तथा सुविधामा कुनै कमी हुन दिँदैनौं ।

15696404_10157989389075158_2004868985_o

स्वदेशी पर्यटकलाई लक्षित गरी चाडपर्वका अवसरमा विशेष छुटमा सेवा उपलब्ध गराइने भुजेलले जानकारी दिए । अंग्रेजी नयाँ वर्ष र क्रिसमसमा पनि विभिन्न प्याकेजहरुमा छुटसहित सेवा उपलब्ध गराएका कुरा उनले भने । होटलमा आउने पर्यटकलाई पोखरा तथा आसपासको साइडसिन व्यवस्था पनि मिलाइएको छ । ‘बिमानस्थल र बसपार्कसम्म ल्याउने र लैजाने सुविधा पनि उपलब्ध छ,’ उनले भने । होलटमा ५३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

15626084_1825037564411467_7626976918142929156_o

सम्पुर्ण सुबिधा सम्पन्न अन्तराष्ट्रीय स्तरको होटल अत्याधुनिक सुविधा सम्पन्न यस होटलमा गाडी पार्किङ् स्थल, सुविधा सम्पन्न रेस्टुरेन्ट र यस होटलमा पूर्ण एयर कण्डीसन सुविधा बेड , टेलिभिजन, अट्याच वाथरुम, वाईफाई, तातो-चिसो पानी, मिनी वार लगायतका न्युनतम सेवा सुविधाहरु रहेका छन साथै भोजन र सभाहलको समेत ब्यवस्था रहेको होटल प्रबन्ध निर्देशक कुश भुजेलले जानकारी दिए। युवा उद्यमी हरी भुजेलले पोखराको लेकसाइडमा होटल व्यवसायको राम्रो सम्भावना रहेकाले होटल व्यवसायमै लगानी गरेको बताए। पोखरामा होटल ब्यवसायमा लगानीलाई राम्रो गन्तब्य बनाउन आफुले होटल ब्यबसायमा लगानी गरेको उनले बताए। करिब ३ वर्ष अगाडि निर्माण सुरु गरिएको होटल २ महिना अगाडिबाट सञ्चालनमा आएको हो । अनौपचारिक रुपमा सञ्चालनमा आएको रिसोर्टको ग्राण्ड ओपनिङ भने शुक्रबार गरिएको जानकारी सञ्चालक भुजेलले दिए । भूजेलले होटल निर्माणमा जग्गाबाहेक करिब २० करोड रुपैयाँ लगानी गरेका छन् ।

15591489_1825036954411528_2159640636053503270_o

उक्त उदघाटन समारोहमा चर्चित नायिका निशा अधिकारीले बोल्दै पोखरा एक प्राकृतिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको स्थानमा होटल संचालन गरिएको हुँदा यस क्षेत्रको विकासमा टेवा पुग्ने र पर्यटन प्रबर्धनमा समेत सहयोग पुग्ने कुरा उनले बताइन । अंग्रेजी नया बर्ष र क्रिसमसको अबसरमा उदघाटन गरिएको होटल रानीबन आर्केड लेकसाइड पोखरामा अहिले बाह्य मात्र नभएर आन्तरिक पर्यटकहरुको समेत भीड़ लाग्ने गर्छ l
लामो समय देखि पर्यटन ब्यबसायामा संलग्न बुबा भीमसेन (बुद्धराज) भुजेलले गर्दै आउनु भएको ब्यापार ब्यबसायलाइ निरन्तरता दिदै युवा ब्यबसायी हरी भुजेलले आफ्नो भाईहरु लब भुजेल र कुश भुजेलको सहकार्यमा आफ्नो अनुभबलाइ तथा पोखराको मनोरम दृश्यलाइ नजिक बाट नियाल्न आउने पर्यटकहरुको सुबिधालाइ ध्यानमा राखेर पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा होटल रानीबन आर्केडको सुरु गरिएको कुरा उनले बताए l

होटलमा आउने अतिथि तथा ग्राहकहरुलाई राम्रो आथित्य तथा होटलमा भएका सम्पुर्ण सुबिधा उपभोग गर्न र प्राकृतिक छटाले भरिएको पोखरामा भरपुर आनन्द लीन एक राम्रो गन्तब्य हुने कुरा उक्त होटलका रेसिडेन्ट म्यानेजर राजेश फुयालले बताए l उक्त उदघाटन समारोहमा सेलिब्रेटी देखि, बिभिन्न पर्यटन ब्यबसायी, समाजसेवी हरुको समेत बाक्लो उपस्थिति रहेको थियो l
भूजेलले होटलसँगै रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेका छन् । कुइन फरेष्ट रेस्टो एण्ड बारबाट होटलमा बस्ने पर्यटक र अन्य पर्यटक तथा पदयात्रीका लागि खाना तथा नास्ताको सुविधा उपलब्ध छ । रेष्टुरेन्टमा कन्टिनेन्टल, इन्डियन, इटालियन लगायत सि फुडको व्यवस्था छ । ‘पर्यटकको चाहना अनुसारको खाना तथा खाजा खुवाउँछौं,’ भुजेलले भने । रेष्टुरेन्टमा एकै पटकमा एक सय भन्दा बढी पर्यटकलाई सुविधा उपलब्ध गराउन सकिने भुजेलले जानकारी दिए । मनोरञ्जनको लागि प्रत्येक साँझ लाइभ म्युजिक व्यवस्था छ ।

भुजेलले होटल र रेष्टुरेन्टसँगै ट्राभल एण्ड ट्रेकिंग कम्पनी पनि सञ्चालन गरिहेका छन् । ट्राभलबाट पर्यटकलाई पोखरा साइडसिन, स्वदेशी र विदेशी हवाइ तथा बस टिकटको सुविधा उपलब्ध छ । ट्रेकिङ कम्पनीमार्फत नेपालका विभिन्न ट्रेकिङ रुटहरुमा पदयात्रा गराइन्छ । ‘हामी कहाँ आउने पर्यटकले सम्पूर्ण सेवा तथा सुविधा एकैठाउँबाट पाउँछन्,’ भुजेलले भने । बुबा भीमसेन (बुद्धराज) भुजेलले करिब ४० वर्ष अगाडि सञ्चालन गरेको रेष्टुरेन्टलाई अहिले परिमार्जनसहित उनले सञ्चालनमा ल्याएका हुन् । सानै उमेरदेखि पर्यटन व्यवसायसँग घुलमिल भएका भुजेल उच्च शिक्षा अध्ययनसँगसँगै पूर्ण रुपमा पर्यटन व्यवसायमा संलग्न छन् ।

३४ वर्षीय युवा हरी भुजेलले पर्यटन व्यवसायमा अथाह सम्भावना रहेको बताउँछन् । उनी भन्छन ‘पर्यटकलाई नयाँपनको अनुभूति हुने गरी सेवा उपलब्ध गराउन म सधैं तल्लिन छु । व्यवसाय सञ्चालनमा भाइहरु लब भुजेल र कुश भुजेलको पनि उनलाई साथ छ । आगामी दिनमा समय सापेक्ष रुपमा लगानी बढाउँदै अगाडि बढ्ने भुजेलको सोच छ ।‘पोखरा तथा नेपालका अन्य पर्यटकीय गन्तव्यहरुमा होटल विस्तार गर्ने गर्ने पनि उनको योजना रहेको जानकारी गराए।

प्रतिक्रिया