मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

इनेप्लिज २०७३ मंसिर २५ गते २१:५७ मा प्रकाशित

news3

न्यूयोर्क, नेपाली लोक दोहोरी क्षेत्रमा स्टेज तताउन माहिर मानिएकी गायीका संगिता थापाले यतिबेला देश भक्तीको गित लिएर बजारमा आएकी छन् । बिगत केहि बर्षदेखि अमेरिकामा बस्दै आएकी थापाले म त नेपाली मेरो देश नेपाल भन्ने बोलको राष्ट्रिय गित लिएर बजारमा आएकी हुन् ।

यतिबेला नेपालीहरुमा राष्ट्रियताको मोह भन्दा पनि ब्यक्तीबादी मोह हाबी हुन लागेको देखेर अमेरिकाबाट आफु राष्ट्रिय गित लिएर आएको बताएकी छन् । हाल कोरियामा बस्दै आएका सिपी मगर र अमेरिकामा रहेकी गायिका थापाले बिदेशमा बस्दा देखेका र बिदेशमा बस्नेहरुले देशलाई गरेको मायालाई गितमा समेटेका छन् ।

मर्गस क्रियसनले निर्माण गरेको भिडियोमा राष्ट्रियता झल्काउदै गायिका थापा आफैले अभिनय पनि गरेकी छन् । दर्शकहरुको माया पाएमा आगामी दिनमा लोक गितका साथै राष्ट्रिय गितहरुलाई पनि निरन्तरता दिने थापाले जनाएकी छन् । थापाले यस अघी नै दुई दर्जन भन्दा धेरै गितहरुमा स्वर दिएकी छन् ।

प्रतिक्रिया