फोहर व्यवस्थापनका लागि पाँचसय बाल्टिनको व्यवस्था

इनेप्लिज २०७३ मंसिर ११ गते ७:३४ मा प्रकाशित

काठमाडौँ, ११ मङ्सिर । थर्ड आइज युथ क्लबले बुद्धनगर क्षेत्रमा बटुवालाई फोहर फाल्न त्यस क्षेत्रको सडकमा करिब ५०० बाल्टिनको व्यवस्था गरेको छ ।

आज आयोजित कार्यक्रममा सो कार्यको शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले यस क्षेत्रलाई फोहर र प्रदूषणमुक्त बनाएर नमुना बस्तीका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकमा अहिले देखा परेको अन्योलको अन्त्य गर्न मधेसी मोर्चाका केही मागलाई सम्बोधन गर्नुपर्ने खाँचो रहेको बताउँदै संविधान संशोधन गरी राजनीतिक निकासका लागि नेकपा(एमाले)ले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

सांसद मोहनकुमार राईले स्थानीय टोलको विकास, सामाजिक कार्यका साथै पूर्वाधार निर्माणमा स्थानीय युवा वर्गको अग्रसरता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

क्लबका अध्यक्ष सुभाष राईले उक्त क्षेत्रमा सफा राख्न बाल्टिनको व्यवस्था गरिएको जानकारी दिँदै अब चाँडो प्रत्येक घरमा मल बनाउने भाँडा वितरण गरिने बताउनुभयो ।

प्रतिक्रिया