काबुल,कार्तिक २७, २०७३ । काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोमिटर उतरी क्षेत्रमा पर्ने पारवन प्रान्तस्थित अमेरीकन एयर वेस बागराममा सनिवार विहान ५:३० बजे तालिवान विद्रोह समुहका आत्मघातीले बम विस्फोटन गराउदा ४ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानमा रहेको अमेरीकन सैनिकहरुको सवै भन्दा ठुलो क्षेत्रफलमा रहेका एयर फिल्ड वेस क्याम्प हो । बागराम वेस क्याम्पमा रहेका एरोमेड चिकित्सकहरुले च्यारेटी ‘रमाईलो दौड’ नामक प्रतियोगीता आयोजन गर्न लागेको अवस्थामा आत्मघातीले विस्फोटन गराएको नेटो सुरक्षा अधिकृतले जनाएका छन् । उक्त विस्फोटनमा ४ जनाको ज्यान गएको छ भने १४ जना गम्भिर घाईते भएको एयरवेस बागरामका सुचना विभागले जनाएको छ ।
उक्त प्रान्तका प्रवक्ता वाहिद सादिकीका अनुसार आत्मघाती सोहि एयर फिल्ड वेस क्याम्पमा कार्यरत थिए । आत्मघातीले अमेरीकन सैनिकहरुले खानपिन गर्ने स्थान नजिकै विस्फोटन गराएको उनले बताए ।
सार्वजनिक गरिएको छैन । घाइते सबै १४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यतिखेर नेटो सुरक्षामा खटिरहेका सेकेन्ड बटालियन द रोयल गोर्खा राईफल्सका एक सैनिक अधिकृतले भने आत्मघाती बम आक्रमणमा गोर्खा बटालियनका सैनिकहरु उक्त घटनामा नपरेको जानकारी दिएका छन् ।
प्रतिक्रिया