चाँगुनारायण मन्दिरमा भिड

इनेप्लिज २०७३ कार्तिक २६ गते १२:५४ मा प्रकाशित

changunarayenmandirभक्तपुर, २६ कात्तिक । प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
यस वर्ष बिहीबार र शुक्रबार एकादशी परे पनि मन्दिरमा एकादशी मेला भर्न भने आज मेला लागेको हो । भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यकाका भक्तजन मेला भर्न सो मन्दिरमा आएको चाँगुनाराण नगरपालिकाका बासिन्दा किरण न्यौपानेले जानकारी दिनुभयो ।

उपत्यकाका चार नारायणमा चम्पक (चाँगु ) नारायण, इचङ्गु नारायण, शेष नारायण र विशङ्खु नारायण मानिन्छन् । चाँगुनारायण भने जेठो नारायणका रुपमा पुजिने भएकाले यहाँ बिहान ४ बजेदेखि नै मेला भर्न दर्शनार्थीको घुइँचो लाग्छ ।

लिच्छवी राजा मानदेवका पालामा बनेको उक्त मन्दिर भक्तपुरबाट उत्तरतर्फ ४ किमिको दूरीमा छ । मन्दिरमा आजको दिन मेला भरेर नारायणको पूजा गरेमा साक्षात् नारायण प्रसन्न भई पारिवारिक सुख, शान्ति भएर मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया