जेएसएस स्वीटजरल्याण्डले गर्न लागेको तिहार बिशेष कार्यक्रमको तयारि पुरा

इनेप्लिज २०७३ कार्तिक १८ गते १९:४८ मा प्रकाशित
14795863_1108529112515699_395816962_o
स्वीटजरल्याण्ड । नेपालि जनसम्पर्क समिति स्वीटजरल्याण्डले आयोजना गर्न लागेको तिहार बिशेष कार्यक्रमको तयारी पुरा भएको छ । कार्यक्रम संयोजक तथा समितिका उपाध्यक्ष श्याम सापकोटाले दिनु भएको जानकारी अनुसार युरोपमा रहेका नेपाली कलाकारहरुलाई समेत समेटेर सांगीतिक कार्यक्रमको तयारि गरिएको छ ।
नोभेम्बर ६ तारिख आईतबारका दिन जेनेभामा हुने कार्यक्रममा स्वीटजरल्याण्ड लगायत स्पेन ,जर्मनी र बेल्जियममा रहेका नेपाली कलाकारहरुको साथै एन आर एन प्रतिनिधि , जनसम्पर्क समितिका पदाधिकारीहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ । प्रबेश निशुल्क राखिएको र तिहार बिशेष रहेकोले पनि सहभागि बनी कार्यक्रम सफल पारिदिन आयोजकले अनुरोध गरेको छ ।
14877857_10208194433278393_1671364073_n
संयोजक सापकोटाका अनुसार गायकद्वय तुलसी सिवाकोटी र बिष्णु छेत्रीले आफ्नो सांस्कृतिक प्रस्तुति दिने छन् साथै गायक सुवास सुन्दास स्थानीय कलाकार रामु परियार , रोहन कपुर निता कपुर , गौरी गुभाजु , राजेन्द्र भण्डारी , दिपेन्द्र राउत लगायतको नृत्य पनि प्रस्तुति हुने छ । कार्यक्रम को अन्तिममा हरेक बर्ष गर्दै आएको भाग्यशाली चिट्ठा को नतिजा खुलाईने छ ।
कार्यक्रममा उपस्थित भई नेपालीहरुको महान् पर्व तिहारको शुभकामना साटासाट गरिदिन आयोजकले स्वीटजरल्याण्ड निवासी नेपाली समुदायलाई आग्रह गरेको छ ।

प्रतिक्रिया