वानाको २०१५-२०१७ को नयाँ नेतृत्व चयन तथा बार्षिक साधारण सभा अत्यन्त जरुरी सूचना !!!

इनेप्लिज २०७१ फागुन २६ गते १९:३२ मा प्रकाशित

bana-logo

वाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(वाना)को नयाँ कार्य समिति २०१५-१७ नेतृत्व सर्वसम्मत चयन भएको यहाँहरुलाई अवगतै छ । यसलाई आधिकारिकता दिन वानाको विधान अनुसार वानाको छैटौं अधिवेशन तथा नयाँ कार्यसमिति २०१५-१७ को चयन निम्न समय र स्थानमा हुने भएकोले वानाका संस्थापक, आजिवन सदस्य, साधारण सदस्य एवं सम्पूर्ण महानुभावहरु उक्त अधिवेशनमा उपस्थित भई सफल पारि दिनु हुन वाना कार्य समिति हार्दिक अनुरोध गर्दछ ।
स्थानः Mount Everest Restaurant,
7927 Belair Rd, Nottingham, MD 21236
मिति: मार्च २२, २०१५
समयः दिउँसोः ४०० बजे
विजय श्रेष्ठ तथा बाना कार्यसमिति

प्रतिक्रिया