जनकपुरधाम, २६ फागुन । सोमबार राति धनुषाको लक्ष्मीनिवास नजिक सडक दुर्घटना हुँदा दुई युवकको घटनास्थलमै मुत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–१४ बस्ने रुपेश भुजेल र दीपक सिंह छन् । सोही दुर्घटनामा परी गम्भीर घाइते भएका विशाल कोइरालालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ढल्केबरबाट जनकपुरतर्फ आइरहेको ज६प ७६३९ नंको मोटरसाइकल र नक्टाझिजबाट ढल्केबर गइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरको वा१झ ७४८० नंको प्रहरी भ्यानले सो मोटरसाइकलमा ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।
प्रतिक्रिया