महिलालाई रहन अमेरिका अझ पनि ३२ औ राष्ट्रमा पर्ने

इनेप्लिज २०७३ असोज २८ गते १४:१५ मा प्रकाशित

bj-thapa-f

केहि दिन अगाडी सेभ दि चिल्ड्रेन अन्तर्राष्ट्रिय संस्थाले नवयुवती तथा महिलाहरुको लागि रहन कुन राष्ट्र उत्तम छ भनि एक प्रतिबेदन सार्बजनिक गरेको छ l उक्त प्रतिबेदन अमेरिकाको राष्ट्रपतिको उम्मेवारको दोश्रो बहस अगाडी सार्बजनिक गर्यो l

१ सय ४४ देश मध्ये अमेरिका अझ पनि नव युवती तथा ठिटीहरुका लागि बस्नको लागि ३२ औ स्थान रहेको खुलासा गरेको छ l अमेरिकामा महिला तथा पुरुष समान भएता पनि महिलाहरुको सहभागिताको सवाललाई आधार बनाउदा यस्तो अवस्था देखाएको छ l

विश्वमा सबै भन्दा महिलाको लागि रहन लायकको देश स्विडेन भएको छ भने उल्टो बाट अन्तिमा बाट प्रथम अफ्रिकी मुलुक नाईजर परेको छ l महिलाका पाँच कारक तत्वहरुका आधारमा सो नतिजा निकालेको छ l जस अन्तर्गत महिलाको सानो उमेरमा बिबाह ,किशोर अवस्था प्रजनन दर , मातृत्व मृत्यु दर ,माध्यमिक विद्यालय समाप्ति तथा महिलाको सरकारी स्तरमा सहभागिता लाई छनौट गरि उक्त नतिजामा पुगेको देखाएको छ l

अमेरिकाको आश्चर्य र दुख लाग्दो कुरा के छ भने अमेरिकामा कम उमेरमा गर्भवती हुने र मातृत्व मृत्यु दर अन्य देशको तुलना उतिकै अवस्था रहेको देखाएको छ l अमेरिकि कांग्रेस मा ५ सय ३५ स्थान मध्ये महिलाहरुको प्रतिनिधित्व केवल १९ दशमलब ४ प्रतिसत रहेको छ l बिश्व कै सबै भन्दा ठुलो प्रजातन्त्र भएको मुलुकको तुलनामा स्विडेनमामा संसदहरु ४४ प्रतिसत भएको देखाएको छ l अमेरिकामा महिलाहरुले निकै मेहनत गर्नु पर्ने र सरकारी स्थानमा ओगट्नु पर्ने अवस्था देखिएको छ l

पछिल्लो आंकडा अनुसार किशोरहरुको बच्चा जन्माउने दर घटेता पनि १ हजार मध्ये २४ जना १५ देखि १९ बर्षका युवतीले बच्चा जन्माउने देखाएको छ l १ लाख महिला मध्ये अझ पनि १४ जना महिलाको मृत्यु हुने गरेको छ l

जहाँ कि स्विडेनमा १ लाख को जनसंख्यामा केवल ४ जना मात्र मृत्यु हुने गरेको देखाएको छ l अमेरिका युवतीहरुका लागि रहन अल्जेरिया तथा काजाख्स्तान भन्दा पनि पछाडी ३२ औ स्थान मा परेको छ l अमेरिकामा अझ पनि समानताको ठुलो खाल्डो रहेको उक्त प्रतिबेदन निस्कासन गर्ने पदाधिकारीले उल्लेख गरेका छन् l

यूवा महिलाहरुका लागि १० वटा अफ्रिकन राष्ट्रमा रहन निकै कठिन भएको प्रतिबेदन प्रस्तुत गरेको छ l जस्मा नाइजर राष्ट्रमा ७६ प्रतिसत महिलाको बिबाह १८ बर्ष उमेर नपुग्दा नै हुने देखाएको छ l जस्को जनसंख्या झन्डै दुई करोड छ भने प्रति व्यक्ति बार्षिक आय अमेरिकन डलर ३ सय ५९ मात्र देखाएको छ l

युवा ठिटी तथा महिलाहरुको लागि रहन योग्य देश स्विडेनको जनसंख्या झन्डै १ करोड छ भने प्रति व्यक्ति आय ५० हजार अमेरिकन डलर रहको छ l आम्दानी पनि उत्तम र महिलाहरुको सहभागिता पनि त्यतिकै रहेको छ l

तर अमेरिकाको जन संख्या झन्डै ३२ करोड छ भने प्रति व्यक्ति बार्षिक आम्दानी झन्डै ५४ हजार डलर रहेको छ l जे जस्तो भएता पनि अवसरको भुमि अमेरिका भएकोले मानिसको ऒइरो लागेको लागै छ l अझ पनि महिला तथा पुरुष बीच समानताको सवालमा ठुलो खाडल रहेको नै छ l

प्रतिक्रिया