
धनकुटा, असार १९
कोशी प्रदेशको धनकुटा जिल्लास्थित पाख्रीबास नगरपालिका वडा नम्बर ४ मा आगामी असार २५, २६ र २७ गते तीन दिने ‘सुपरयोगिक एन्ड सुपरनेचुरल हिलिङ क्याम्प ग्लोबल्ली’ (विश्वव्यापी सुपर-योग तथा अलौकिक प्राकृतिक चिकित्सा शिविर) आयोजना हुने भएको छ।
अलौकिक मनोवैज्ञानिक ज्योतिषशास्त्र र नेपाल योग तथा प्राकृतिक चिकित्सा संघको संयुक्त आयोजना तथा पाख्रीबास नगरपालिकाको व्यवस्थापनमा यो शिविर सञ्चालन हुन लागेको हो। यसअघि देशका विभिन्न पाँच स्थानमा सफलतापूर्वक शिविर सम्पन्न गरिसकेको यस टोलीको यो छैटौँ शृङ्खलाको शिविर हो।
शिविरमा अलौकिक उपचार पद्धतिका विशेषज्ञ सीमान्त केसी (भरत भट्टराई) र लौकिक चिकित्सा पद्धतिका वरिष्ठ प्रा. डा. सूर्यबहादुर कार्कीले बिरामीहरूको उपचार गर्नुहुने छ। उद्योगी, व्यवसायी तथा समाजसेवी भरत केसी यस शिविरको प्रमुखका रूपमा रहनुभएको छ।
शिविरका मुख्य आकर्षण एवं उपचारक सीमान्त केसीले आफ्नो अलौकिक शक्तिमार्फत तेल र पानी फुकेर बिरामी निको पार्दै आउनुभएको छ। उहाँले कान नसुन्ने, हिँड्न नसक्ने (अपाङ्गता वा नसा सम्बन्धी समस्या भएका) तथा विविध थरीका जटिल रोग लागेका बिरामीहरूलाई आफ्नो विशेष पद्धतिबाट उपचार गर्दै आउनुभएको आयोजकले जनाएको छ। स्वदेशमा मात्र नभई सामाजिक सञ्जाल टिकटक लाइभ (TikTok Live) मार्फत विदेशमा रहेका नेपाली नागरिकहरूलाई समेत तेल र पानी फुकेर आफ्नो अलौकिक आध्यात्मिक शक्ति प्रदान गर्दै उपचार गरिरहेको विषयलाई यस शिविरमा मुख्य रूपमा व्याख्या र अभ्यास गरिने बताइएको छ।
आयोजक समितिका तर्फबाट डा. सूर्यबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार शिविर सञ्चालनका लागि प्रशासनिक तथा सुरक्षा व्यवस्थापन चुस्त बनाइएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला प्रहरी कार्यालय धनकुटा र पाख्रीबास नगरपालिकालाई पूर्व-पत्राचार गरी आवश्यक सहयोग र समन्वय मिलाइएको डा. कार्कीले स्पष्ट पार्नुभयो।
शिविर व्यवस्थापक पाख्रीबास नगरपालिका र आयोजक समितिले शिविर सञ्चालन हुने क्षेत्र तथा वरपरका पायक पर्ने स्थानमा रहेका सम्पूर्ण बिरामीहरूलाई यो औषधि उपचार सेवा प्राप्त गर्ने मौका नगुमाउन र सहभागी भई स्वास्थ्य लाभ लिन हार्दिक अनुरोध गरेको छ। शिविरमा सहभागी हुन र नाम दर्ताका लागि स्थानीय व्यवस्थापन समितिका निम्न प्रतिनिधिहरूलाई सिधै सम्पर्क गर्न सकिने ब्यबस्थापन समितिले जनाएको छ:
सम्पर्कका लागि प्रतिनिधिहरू र मोबाइल नम्बर:
प्रेम भण्डारी: ९८१०४८२९६९
श्याम प्रकाश राई: ९८४२३८८२६३
गणेश गुरुङ: ९८२५३७९९३६
गोकुल घिमिरे: ९८४२०२८३७९
लोक बहादुर ब्लोन: ९८४२२३६००७
यस शिविरका बारे थप जान्नका लागि तलको भिडियो हेर्न र बुझ्न सक्नुहुनेछ भिडियो हेर्नका लागि लिङ्कमा क्लिक गर्नुहोस्।
प्रतिक्रिया