रास्वपाकी महिला नेत्री शोभा थापाले प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा

इनेप्लिज २०८३ असार ८ गते १०:०३ मा प्रकाशित

बेद प्रसाद घिमिरे

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की स्थापित महिला नेत्री शोभा थापा ले पार्टीको आगामी प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। ओखलढुङ्गामा रास्वपाको सांगठनिक जग बसाल्न र पार्टीलाई आम जनतामाझ स्थापित गराउन अग्रणी भूमिका खेलेकी कार्कीले केन्द्रीय नेतृत्वमा आफ्नो सशक्त दाबी प्रस्तुत गरेकी हुन्।

विक्रम संवत २०७९ को आम निर्वाचनमा ओखलढुङ्गा जिल्लाबाट रास्वपाको राजनीतिमा होमिएकी कार्कीले प्रत्यक्षतर्फ संघीय प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेर चुनावी मैदानको साहसिक नेतृत्व गरेकी थिइन्। परम्परागत राजनीतिक शक्तिहरूका विरुद्ध दुर्गम पहाडी जिल्लाबाट महिलाले प्रत्यक्षतर्फ चुनाव लड्नु आफैँमा एक उदाहरणीय कदम थियो। त्यसै गरी, गत निर्वाचनमा उनी पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारका रूपमा समेत चुनावी मैदानमा सक्रिय रहेकी थिइन्।

भौगोलिक रूपमा विकट मानिने ओखलढुङ्गाका गाउँ–गाउँमा चुनाव प्रचारका क्रममा उनी आफ्नो ५ महिनाको शिशुलाई काखमा बोकेर मत माग्न पुगेकी थिइन्। परम्परागत राजनीतिक दलहरूको सिन्डिकेट तोड्न, सुशासन कायम गर्न र समाज रूपान्तरणका लागि भन्दै परिवारको साथ लिएर उनले गरेको त्यो चुनावी संघर्षले देशभर निकै चर्चा र प्रशंसा पाएको थियो।

रास्वपाले महाधिवेशनमार्फत १५१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्ने नीति अघि सारेसँगै कार्कीले आफ्नो उम्मेदवारी अभियानलाई तीव्र बनाएकी छन्। आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउँदै उनले पार्टीको स्थापनाकालदेखि मोफसलमा बसेर, अनेकौँ चुनौती र पारिवारिक जिम्मेवारीका बीच पनि रास्वपाको जग बलियो बनाउन आफूहरू अहोरात्र खटिएको स्मरण गरेकी छन्। अब केन्द्रीय नीति निर्माण तहमा मोफसलका कार्यकर्ता, दुर्गम क्षेत्रका नागरिक र आम महिलाहरूको बलियो प्रतिनिधित्व गराउन नै आफ्नो उम्मेदवारी रहेको कार्कीको दाबी छ।

प्रतिक्रिया