
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले वर्तमान सरकार देश विकासको ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) मा कुदिरहेको र यसको रोक अर्थात् (ब्रेक )अब देशलाई सही गन्तव्यमा पुर्याएर मात्र लाग्ने घोषणा गरेका छन् ।
चितवनमा आयोजित रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको गतिलाई कसैले रोक्न नसक्ने बताए । विपक्षी नेताहरूले सरकारको गतिको आलोचना गरेको प्रसङ्गलाई जोड्दै प्रधानमन्त्री शाहले भने , “लोकल सडकमा हिँड्दा मात्र रोक (ब्रेक)को चिन्ता हुन्छ, हाम्रो गाडी त देश बदल्ने महामार्गमा छ। हामी यसै कार्यकालभित्र सुकुमवासी र सहकारी पीडितका समस्या सधैँका लागि समाधान गर्छौँ।”
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवाद र राष्ट्रिय स्वाभिमानको विषयमा आफ्नो कडा र स्पष्ट अडान दोहोर्याए । संसद्मा आफूले दिएको अभिव्यक्तिको स्पष्टीकरण दिँदै उनले भने , “कालापानी र लिपुलेक नेपालकै भूमि हो भन्ने हामीसँग अकाट्य प्रमाण छ। हामीलाई कसैको मध्यस्थता चाहिँदैन, तर ऐतिहासिक तथ्यका लागि ब्रिटिसकालको प्रमाण चाहिए त्यो पनि ल्याउन तयार छौँ। कसैले हाम्रो राष्ट्रियतामाथि शङ्का नगरे हुन्छ।”
प्रधानमन्त्री शाहले देशलाई भित्रभित्रै खोक्रो बनाउने भ्रष्टाचारको अन्त्यका लागि कडा कानुन चाहिने बताए । “भ्रष्टाचारीलाई समात्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्ण स्वतन्त्रता हुनुपर्छ। कतिपय अवस्थामा ५ घण्टाको सोधपुछले पुग्दैन, आवश्यक परे ५ वर्षसम्म छानबिन गरेर भए पनि दोषीलाई कारबाही गर्नुपर्छ,” उनले गर्जँदै भने । उनले नेपालक ठूला भनिने पत्रपत्रिकाले उठान र प्रकाशन गरेका मुद्धामा दनक पनि दिए ।
आफ्ना नेता र कार्यकर्तालाई उत्साह भर्दै उनले रास्वपा केवल कुरा गर्ने नभई ‘विकासवादी दल ‘ भएको दाबी गरे । दल बाहिरबाट हेर्दा अनियन्त्रित जस्तो देखिए पनि यो पूर्ण रूपमा जनताप्रति जिम्मेवार रहेको उनको भनाइ थियो।
प्रधानमन्त्रीको यो शक्तिशाली र राष्ट्रप्रेमले भरिएको भाषणले महाधिवेशनमा उपस्थित हजारौँ कार्यकर्ता र आम जनतामा देश बन्ने नयाँ आशा र ठूलो ऊर्जा थपेको छ।
प्रतिक्रिया