चितवनको आकाशमा बादल, मञ्चमा महा-मिलन: गनलाई रविले मारे अँगालो, प्रधानमन्त्री बालेनले थमाइदिए घन्टी

राजनीतिक प्रतिशोधमाथि संस्कारको जीत! ९ महिना जेल बस्दा पनि हार नमानी रविले गगनलाई देखाए विशाल छाती

इनेप्लिज २०८३ असार ७ गते ११:२० मा प्रकाशित

नेपाली राजनीतिमा एउटा यस्तो दृश्य देखियो, जसको कसैले कल्पना समेत गरेका थिएनन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउस चउरमा अपराह्न ३ बजे सुरु भयो। ठिक त्यही बेला आकाशबाट अचानक ठूलो वर्षा भयो। तर, त्यो वर्षाले महाधिवेशनको जोसलाई रोक्न सकेन, बरु माहोललाई अझ रोमान्चक बनाइदियो।

पानी परिरहँदा रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह एउटै छाता ओडेर मञ्चतर्फ अघि बढे। यो दृश्य आफैँमा शक्तिशाली थियो। तर, असली जादु त तब देखियो, जब उनीहरू मञ्चमा पुगे।

संसारलाई थाहा छ, रवि लामिछानेको राजनीतिक भविष्य सदाका लागि सिध्याउन र रास्वपाको अस्तित्व नै मेटाइदिन सबैभन्दा बढी कम्मर कसेर लाग्ने नेता नेपाली कांग्रेसका सभापति गगन कुमार थापा हुन्। पूर्व प्रधानमन्त्री केपी शर्माओली र गगनकै अगुवाइमा बनेका कानुन र प्रयासका कारण रविले ९ महिनासम्म जेलको चिसो कोठामा बस्नु परेको थियो। उनलाई सखाप पार्न गगनले कुनै कसर बाँकी राखेका थिएनन्।

तर भनिन्छ नि, राजनीतिमा न कोही स्थायी शत्रु हुन्छ, न कोही स्थायी मित्र! यही कुरालाई चरितार्थ गर्दै दूरदर्शी र त्यागी नेता रवि लामिछानेले संसारलाई उच्च राजनीतिक संस्कार सिकाए। उनले आफ्नो मनमा कुनै प्रतिशोध राखेनन्। रविले मञ्चमै आफ्ना कट्टर विरोधी गगन थापालाई अगाडि देखेपछि दुस्मनी बिर्सेर न्यानो अँगालो हाले। यो दृश्य देख्दा त्यहाँ उपस्थित हजारौँ कार्यकर्ताका आँखा रसाए र त्यहाँ उपस्थित सबैलेकर्तलध्वनीले स्वागत गरे ।

उद्घाटनको पल अझ विशेष बन्यो। प्रधानमन्त्री बालेन शाह आफैँले अघि बढेर कांग्रेस सभापति गगन थापाको हातमा रास्वपाको चुनाव चिह्न ‘घन्टी’ थमाइदिए। त्यसपछि मञ्चमा आसिन गगन थापा लगायतका अतिथिहरूले एकैसाथ घन्टी बजाएर रास्वपाको पहिलो महाधिवेशनको भव्य उद्घाटन गरे।

यो महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली त आएनन्, तर गगन थापा स्वयम् उपस्थित भएर नयाँ राजनीतिक सम्भावनाको ढोका खोलेका छन्। सभापति रवि लामिछानेले रिस र बदलाको भावनाभन्दा माथि उठेर देखाएको यो त्यागले अब देश विकासका लागि सबै दलहरू एक ठाउँमा आउने आशा जगाएको छ। आखिर, नेताहरू जति नै लडे पनि देश बनेको हेर्ने चाहना त हरेक नेपालीको हो!

प्रतिक्रिया