
प्रगति नमूना ऋण तथा वचत सहकारी सस्था र प्रगतिटोल नमूना आमा समुहको सयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। पो म न पा वडा न १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रगतिटोल चाउथेका बासिन्दाहरुबाट ३१ युनिट रगत सङ्कलन गरिएको छ।


प्रगतिटोल नमूना आमा समूहकी अध्यक्ष शर्मिला श्रेष्ठले रक्तदान जीवन दानको मूल मन्त्रलाई आत्मसात गरी रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो। । कार्यक्रम प्रगतिटोल नमूना आमा समूहका अध्यक्ष शर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सन्चालन प्रगति नमूना ऋण तथा वचत सहकारी सस्थाका अध्यक्ष मनबहादुर भुजेलले गर्नु भएको थियो।
प्रतिक्रिया