मध्यपूर्वमा कूटनीतिक सफलता: इजरायल र हेज्बुल्लाह युद्धविराममा सहमत

इनेप्लिज २०८३ असार ५ गते १४:१२ मा प्रकाशित

अन्तर्राष्ट्रिय समाचार अनुसार इजरायल र हेज्बुल्लाह बीच लेबनानमा युद्धविराम गर्ने सहमति भएको छ। 

यो जानकारी तीन जना कूटनीतिज्ञहरूले सिविएसन्यूजलाई दिएका हुन्। रोयटर्सले समाचार संस्थाले पनि यो खबर पहिलो पटक सार्वजनिक गरेको हो।

यो युद्धविराम शुक्रबार बिहान ९ बजे (पूर्वीय समय अनुसार) देखि लागू हुने भनिएको छ। यस सम्झौतापछि लेबनानमा जारी हिंसा र आक्रमणहरू रोक्ने अपेक्षा गरिएको छ।

तर युद्धविरामको घोषणा भए पनि स्थिति अझै तनावपूर्ण देखिएको छ। इजरायलले लेबनानको दक्षिण र पूर्वी भागमा फेरि हवाई आक्रमण गरेको सूचना आएको छ। 

यस आक्रमणमा बाल्बेक क्षेत्रमा ५ जना घाइते भएको बताइएको छ। स्थानीय उद्धार टोलीहरूले आक्रमणपछि खोज र उद्धार कार्य जारी राखेका छन्।

यो नयाँ सहमति हालै इजरायल र इरानबीच भएको कूटनीतिक समझदारीपछि आएको बताइएको छ। 

गत आइतबार अमेरिका र इरानबीच एक सम्झौता भएको थियो ।

त्यसपछि बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति बीच पनि एक सम्झौता भएको थियो, जसमा सबै पक्षमा युद्ध रोक्ने कुरा उल्लेख गरिएको छ, विशेषगरी लेबनानमा पनि हिंसा रोक्ने भनिएको छ।

यता इजरायल र हेज्बुल्लाहले उक्त प्रारम्भिक सम्झौतामा औपचारिक रूपमा भाग लिएका थिएनन्।

विशेषज्ञहरूका अनुसार यो युद्धविरामले मध्यपूर्वमा केही समयका लागि तनाव कम गर्न मद्दत गर्न सक्छ। 

प्रतिक्रिया