
अमेरिका इरान बीच युद्धबिराम भएता पनि गएराति लेबनान र इजरायलबीच फेरि एकपटक भयानक युद्ध चर्किएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले दक्षिण लेबनानका ११ वटा फरक-फरक शहर र गाउँहरूमा रातभर भीषण हवाई आक्रमण गरेको छ।
यस आक्रमणमा परी कम्तीमा १८ जना निर्दोष मानिसहरूको ज्यान गएको छ भने ३३ जनाभन्दा बढी गम्भीर घाइते भएका छन्।
एबिसीन्यूजका अनुसार अहिले पनि धेरै ठाउँमा बमबारी भइरहेका कारण घाइतेहरूलाई बचाउन उद्धार टोली घटनास्थलसम्म पुग्न समेत सकेका छैनन्। लेबनानको ‘अल-दुवैर’ भन्ने ठाउँमा रहेको एउटा बस्ने घरमै इजरायली क्षेप्यास्त्र खस्दा एकै परिवारका कम्तीमा तीन जनाको मृत्यु भएको छ।
अर्कोतर्फ, लेबनानको तर्फबाट भएको प्रतिआक्रमणमा इजरायललाई पनि ठूलो झट्का लागेको छ। इजरायली सेनाका अनुसार, दक्षिण लेबनानमा मध्यरातमा एउटा संदिग्ध हतियारले उनीहरूको गुडिरहेको ट्याङ्कलाई निशाना बनाएको थियो।
उक्त आक्रमणमा परी इजरायलका एक जना लेफ्टिनेन्ट कर्नेल (शीर्ष सैन्य अधिकारी) सहित चार जना सैनिकको मृत्यु भएको छ।
आफ्ना सैनिक मारिएपछि आक्रोशित बनेको इजरायली सेनाले लेबनानको ‘नबातिह’ र आसपासका क्षेत्रमा रहेका हेजबुल्लाहका ठेगानाहरूमा झन् कडा र थप शक्तिशाली आक्रमणहरू सुरु गरेको छ।
यस घटनाले दुई देशबीचको तनावलाई अत्यधिक बढाएको छ र कयौँ परिवार शोकमा डुबेका छन्।
प्रतिक्रिया