
अमेरिका र इरानबीच आज अर्थात् जुन १९ शुक्रबारक दिन हुने भनिएको महत्त्वपूर्ण वार्ता अचानक स्थगित भएको छ। स्वीट्जरल्यान्डको परराष्ट्र मन्त्रालयले शुक्रबार बिहानै एउटा विज्ञप्ति जारी गर्दै यो बैठक हाललाई टरेको जानकारी दिएको हो।
स्वीस अधिकारीहरूका अनुसार, यो बैठकमा अमेरिका र इरान मात्र होइन, मध्यस्थता गरिरहेका कतार र पाकिस्तान पनि सहभागी हुँदै थिए। बैठक स्थगित हुनुको ठोस कारण नखुलिए पनि भविष्यमा हुने वार्ताका लागि स्वीट्जरल्यान्डको ‘बर्गेनस्टक’ शहरमा तयारीहरू भने अझै चलिरहेका छन्। बैठक अब कहिले बस्छ भन्नेबारे स्वीस सरकारले अहिले नै केही भन्न नसकिने बताएको छ।
अर्कोतर्फ, बिहीबार ढिलो गरी अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्याट हाउस’ ले एउटा जानकारी दिएको थियो। ह्वाइट हाउसका अनुसार, इरानसँगको प्रारम्भिक सम्झौता कार्यान्वयनका लागि हुन लागेको यो महत्त्वपूर्ण वार्तामा भाग लिन अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्वीट्जरल्यान्ड नजाने भएका छन्।
बैठक रोकिए पनि स्वीट्जरल्यान्ड सरकारले आफू जतिबेलै यो वार्ता गराउन र सहयोग गर्न तयार रहेको स्पष्ट पारेको छ।
प्रतिक्रिया