मनलाई शान्त र बलियो बनाउने ‘जीवन विज्ञान’ को विशेष शिविर भर्जिनियाको मनाससमा हुँदै

इनेप्लिज २०८३ असार २ गते २३:०६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्ने नेपाली समुदायका लागि आफ्नो मनलाई शान्त, बलियो र ऊर्जावान् बनाउने एउटा सुनौलो अवसर आउने भएको छ। ‘जीवन विज्ञान योग तथा ध्यान विद्यालय’ को आयोजनामा भर्जिनियाको मनाससमा तीन दिने विशेष आवासीय ध्यान तथा नेतृत्व विकास कार्यक्रम सञ्चालन हुन लागेको हो।

“नेतृत्व र भित्री ज्ञान” नारा दिइएको यो रूपान्तरणकारी शिविर आगामी जुलाई ३ देखि जुलाई ५ सम्म चल्नेछ। कार्यक्रम हरेक दिन बिहान ७:३० बजेदेखि बेलुका ५:०० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्। यो शिविर ‘स्टार स्कलर्स नेटवर्क’ र ‘पिकेपी टेन्डर हार्ट फाउन्डेसन’ को सह-प्रायोजनमा हुन लागेको हो।

दैनिक जीवनको तनाव र व्यस्तताबाट टाढा रहेर आफ्नो भित्री शक्ति र मानसिक स्पष्टता पहिचान गर्न यो कार्यक्रम निकै उपयोगी हुने विश्वास गरिएको छ। विशेष गरी नेतृत्व क्षमता बढाउन र ध्यानको माध्यमबाट जीवनलाई सकारात्मक दिशा दिन चाहनेहरूका लागि यो शिविर एउटा महत्त्वपूर्ण कडी बन्नेछ।

10800 Vandor Ln, Manassas, VA 20109 मा हुने यस कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले जीवन विज्ञानको आधिकारिक संजालस्थल (वेबसाइट )(https://jvusa.org/events/) मा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन्।

थप जानकारीका लागि [email protected] मा इमेल गर्न वा ५७१-३३१-५४१२ मा सिधै सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया