यातायात महासङ्घको नवनिर्वाचित समितिको पदस्थापना तथा सम्मान कार्यक्रम असार ३ गते

इनेप्लिज २०८३ असार १ गते १९:०७ मा प्रकाशित

बेद प्रसाद घिमिरे

काठमाडौँ, असार १ गते।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यकारिणी समितिको पदस्थापना तथा सम्मान कार्यक्रम आगामी असार ३ गते हुने भएको छ।

महासङ्घका नवनिर्वाचित सचिव चेतप्रसाद गौतम ‘अर्जुन’का अनुसार यही २०८३ वैशाख २७, २८, २९ र ३० गते पोखरामा सम्पन्न महाधिवेशनको निर्वाचनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको सो कार्यक्रम आगामी २०८३ असार ३ गते बुधबार दिउँसो ठीक ३:०० बजे काठमाडौँको होटल सोल्टी, क्राउन प्लाजामा आयोजना गरिएको हो।

सचिव गौतमले महाधिवेशनबाट केन्द्रीय कार्यकारिणी समितिमा निर्वाचित हुनुभएका सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य उपस्थितिका लागि अनुरोध गर्नुभएको छ।

पोखराको महाधिवेशनले पुण्यप्रसाद सिटौला (सरोज) को अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। सो विशेष समारोहमा नवनिर्वाचित पदाधिकारीहरूको औपचारिक पदस्थापना गरिनुका साथै उनीहरूलाई सम्मान गरिने महासङ्घले जनाएको छ।

प्रतिक्रिया