भाँचिदिन्छु

इनेप्लिज २०८३ असार १ गते १३:४६ मा प्रकाशित

कुर्सीमा बसेर खुट्टा हल्लाउनेहरु हो,
ठेक्कापट्टा र कमिसनमा रमाउनेहरु हो
जनताको छातिमा टेकेर र त हेर,
तिमीहरुको खुट्टा नै भाँचिदिन्छु॥

सन्धि च्यातेर खुट्टा नाङ्गो पार्नेहरु हो,
माटो बेचेर खुट्टा तातो पार्नेहरु हो?
एकपटक नाङ्गो भएर हिँडेर त हेर,
तिमीहरुको हर नै भाँचिदिन्छु॥

मेरो भाषणको बेला
कान लामो पारीपारी सुन्नेहरु हो,
कार्यलयीय काममा आलटाल गर्नेहरु हो
काममा खुट्टा छोटो पार्ने हो?
एकपटक दौड त हेर,
जनताको आक्रोश
तिमीतिर बज्रेर तिमीहरुका खुट्टा नै भाँचिदिनेछन्॥

कुर्सीको सन्धि नटुटाउनेहरु हो,
जनतालाई भोकले रुवाउनेहरु हो ?
एकपटक ढलेर त हेर,
खुट्टा मात्र होइन, अहंकार पनि भाँचिदिन्छु॥

दुइतिहाइको सरकार नजिककाहरुलाई
दम्काउने र तर्साउनेहरु हो
हाम्रो अभियानको
टिक्काटिप्पणीमा रमाउनेहरु हो
ठेक्कापट्टाको काममा ढिला सुस्ती गर त
तिमीहरुको खुट्टा मात्रै होइन,
हामीसँग सिंगौरी खेल्ने सिङ्ग नै काटिदिने छु
मैले होइन
मन्त्रीले दिएको आदेश हो,
मानेनौं भने
फेरि सरुवा अनि डिमोसन गरिदिने छु !

सीता ओझा

🔥

सीता ओझा

प्रतिक्रिया