उत्कृष्ट क्यामेरा प्रविधिसहित शाओमी १७टी(Xiaomi 17T)नेपालमा सार्वजनिक

इनेप्लिज २०८३ जेठ २८ गते २२:११ मा प्रकाशित

काठमाडौंः विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन शाओमी १७टी (ह्ष्बयmष् ज्ञठत्) सार्वजनिक गरेको छ । उत्कृष्ट लेइका फाइभ एक्स (Xiaomi 17T)क्यामेरा र आँखाको सुरक्षालाई प्राथमिकता दिएर विकसित गरिएको स्मार्ट डिस्प्लेसहित उच्च क्षमताको ब्याट्री भएकोशाओमी १७टी (Xiaomi 17T)आधुनिक प्रयोगकर्ताका लागि तयार गरिएको उन्नत स्मार्टफोन हो।

शाओमीको अत्याधुनिक इमेजिब प्रविधि र लेइका अप्टिक्सको संयोजनले यसमा शक्तिशाली ट्रिपल क्यामेरा प्रणाली उपलब्ध गराएको छ भने ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ, जसले अत्यन्त स्पष्ट र उच्च गुणस्तरका तस्बिरहरू खिच्न सकिन्छ । यो स्मार्ट फोन लेइका फाइभ एक्स -(Leica 5X)टेलिफोटो क्यामेरा र विशेष अप्टिकल डिजाइन तथा उच्चस्तरीय लेन्स संरचनामा आधारित छ । यसले अप्टिकल इमेज स्टेबिलाइजेसनसहित ५० मेगापिक्सेलका तस्बिरहरू खिच्न सक्छ । ३० सेन्टिमिटर दूरीबाट गरिने म्याक्रो फोटोग्राफीदेखि १० गुणासम्मको अप्टिकल स्तरको जुम र १२० गुणासम्मको एआई आधारित जुमसुविधाले नजिक तथा टाढाका दृश्यहरू सहजै कैद गर्न मद्दत गर्छ ।

यस स्मार्टफोनमा फोर के ६०फ्रेम–प्रति–सेकेन्ड ९द्धप् टणउक० सिनेमाटिक भिडियो रेकर्डिब सुविधा पनि समावेश गरिएको छ । यसले प्राकृतिक पृष्ठभूमिलाई धमिलोपन (बोकेह) सिर्जना गर्दै थप जीवन्त र आकर्षक दृश्य अनुभव प्रदान गर्छ । परम्परागत स्थिर तस्बिरभन्दा अगाडि बढ्दै शाओमी १७टी (Xiaomi17T)

लेलाइभ मोमेन्ट सुविधा प्रस्तुत गरेको छ । यसले केवल मुख्य क्षण मात्र होइन, त्यस क्षणसम्म पुग्ने गति, भावना र अभिव्यक्तिलाई समेत कैद गर्छ । यसले दैनिक जीवनका दृश्यहरूलाई अझ गहिरो अर्थ र सन्दर्भ दिन मद्दत पु¥याउँछ ।

शाओमी १७टी (ह्ष्बयmष् ज्ञठत्) मा १÷१.५५ इन्च आकारको ठूलो इमेज सेन्सर प्रयोग गरिएको छ ।ल इका अल्ट्रा पियोर अप्टिकल डिजाई तथा १जि प्लस सिक्स पी (ज्ञन्ं टए० हाइब्रिड लेइका सेमीलुक्स ( ीभष्अब क्गmmष्गिह० विशेष लेन्स संरचनाले सूक्ष्म विवरणहरूलाई अत्यन्त स्पष्ट रूपमा प्रस्तुत गर्छ । यसमा एकोप्रकाश छिर्ने ठुलो भाग (एपर्चर) का कारण यसले फराकिलो प्रकाश सन्तुलन र आकर्षक प्रभाव प्रदान गर्दछ ।

यसमा रहेको लाइभ पोट्र्रेट सुविधाले पोट्र्रेट मोडमा प्राकृतिक पृष्ठभूमिमा धमिलोपन थपेर विषयवस्तुलाई अझ आकर्षक बनाउँछ । साथै, अल्ट्रा एचडी फोर के लाइभ मोमेन्ट तथा विभिन्न सिनेमाटिक मोडहरूले प्रयोगकर्तालाई आफ्ना कथा अझ सिर्जनात्मक ढंगले प्रस्तुत गर्ने अवसर प्रदान गर्छन्।

शाओमी १७टी (Xiaomi 17T) मा पहिलो पटक भिजन केयर प्रविधि समावेश गरिएको छ । ३,५०० निट्ससम्मको अधिकतम चमक क्षमता भएको एक हजार पाँच सय एमोलेड डिस्प्लेले वातावरणीय प्रकाशअनुसार स्वतः समायोजन गर्दै निलो प्रकाश, फ्लिकर तथा मोशन ब्लरलाई नियन्त्रण गर्छ । यसले दिनभर आरामदायी दृश्य अनुभव प्रदान गर्दछ । साथै, यो शाओमीको फोर आइकेयर प्रमाणपत्र प्राप्त गर्ने पहिलो स्मार्टफोन पनि बनेको छ ।

शाओमी १७टी (Xiaomi 17T)मा ६,५०० एमएएच क्षमताको विशाल ब्याट्री रहेको छ, जुन अघिल्लो जेनेरेशनको तुलनामा १८ प्रतिशत बढी क्षमता भएको बताइएको छ । ६७ वाट फास्ट चार्जिब प्रविधिको सहयोगले प्रयोगकर्तालाई दिनभर पर्याप्त ऊर्जा उपलब्ध गराउँछ ।

यो स्मार्टफोन ४ न्यानोमिटर प्रविधिमा आधारित शक्तिशाली प्रोसेसर मिडिया टेक डाइमेनसिटी ८५०० अल्ट्राद्वारा सञ्चालित छ । यसले प्रोसेसर, ग्राफिक्स तथा एआई सम्बन्धी क्षमतामा उल्लेखनीय सुधार ल्याउँदै मल्टिटास्किब र आधुनिक गेमिब अनुभवलाई अझ सहज र प्रभावकारी बनाउँछ ।

नेपालमा शाओमी १७टी (Xiaomi 17T)बैजनी, निलो र कालो गरी तीन आकर्षक रबमा उपलब्ध छ । १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य रु. ८९,९९९ तोकिएको छ । साथै, शाओमी १७टी नेपालमा खरिद गर्ने प्रत्येक ग्राहकले रेड्मी बड्स ६ प्ले (मूल्य रु. २,४९९) निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया