पुरुषोत्तम पुराण खार्जीमा समापन

इनेप्लिज २०८३ जेठ ३० गते १४:४३ मा प्रकाशित

( डि पी ढुंगेल )

विराटनगर : गत जेठ २ गतेबाट विराटनगर ४ स्थित गोपीटोलखाजीमा एक महिने पुरुषोत्तम पुराण शनिबार समापन भएको छ। खार्जी गोपी टोल राधाकृष्ण कीर्तन मण्डली को आयोजना र गौतम परिवारको साथ र सहयोग ले एक महिने पुरुषोत्तम पुराण सम्पन्न भएको हो। पण्डित रोहित गौतमद्वारा पुराण पाठ तथा कथावाचन आधुनिक शैलीमा भएकाले भक्तजनहरू निकै खुसी देखिएका थिए । राधाकृष्ण कीर्तन मण्डलीका १०१ जना महिला तथा पुरुष सदस्यहरू बाट सतस्फुर्त आर्थिक सहयोग समेत संकलन गरी पुराण समापन भएको हो।

राधाकृष्ण कीर्तन मण्डली की अध्यक्ष रिता कट्टेल को सक्रियता तथा अर्चना भट्टराई गौतमको साथ र सहयोगले पुराण सम्पन्न भएको जानकारी सदस्य कुमारी थापा मगरले दिइन । दैनिक बिहान पूजापाठ आराधना तथा साँझमा पूजापाठ आराधना र बेलुका कथावाचन हुँदै आएको थियो। समाजसेवी तथा धर्मप्रेमी मोहन गौतमको निज निवासमा पुरुषोत्तम पुराण आयोजना गरिएको किर्तन मण्डलीकी सदस्य चन्द्रा ढुङ्गेलले जानकारी दिइन्। । विश्व शान्ति एकता भाइचारा भाइचारा तथा सद्भाव कायम राख्ने उद्देश्यले पुरुषोत्तम पुराण आयोजना गरिएको किर्तन मण्डलीकी सदस्य गोमा काफ्ले भट्टराईले जानकारी दिइन्। एक महिने पुराण कार्यक्रममा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। धर्मप्रति आस्था विचार राख्ने सयौं महिलाहरूको दैनिक सहभागितामा पुराण समापन भएको हो। सनातनी हिन्दू धर्म अनुसार पुरुषोत्तम महिना भगवानको महिना भएकाले भगवानको आराधना हिन्दु परम्परा अनुसार पुराण समापन भएको जनाइएको छ । समापन समारोहमा भजन किर्तन मण्डलीले गौतम परिवारलाई साथ र सहयोग दिएकाले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया