“रक्तदान जीवन दान”को नारा सहित जुन महिनाको १३ देखी २२ सम्म ब्लड डोनेसन कार्यक्रम गरिने

इनेप्लिज २०८३ जेठ २५ गते २१:५८ मा प्रकाशित

समाचार दाता।

ब्लड डोनर्स अफ अमेरिकाले विस्व रक्त दाता दीवस र सिन्क्रोनाईज ब्लड डोनेसन कार्यक्रम जुन महिनाको १३ तारिख देखी २२ तारिखलाई मानेर गर्ने भएको छ। सो अवसरमा उक्त मिती भित्र फ्लोरिडा, मेरिल्यान्ड, टेक्सास, म्यासाचुसेट्स, न्युयोर्क, न्युहेम्पसार, क्यालिफोर्निया, कोलोराडो, नेभाडा लगायत धेरै स्टेट समितिहरुले उक्त कार्यक्रमलाई आ-आफ्नो सैलीमा मनाउने भएका छन्। यो अभियानको रुपमा हरेक वर्ष मनाईने गरिएको कार्यक्रम हो। तर यस वर्षको विशेष संस्थाका संस्थापक तथा रक्त दाता अभियन्ता स्व. अर्जुन मैनालिको सम्झना र वहाँकै नामको विशेष रक्त दान राखेर कार्यक्रम गरिने भएको छ। स्व. अर्जुन मैनालीले संसार भरि घुमेर “रक्तदान जीवन दान”को नारा दिँदै सबैलाई रक्तदान गर्न प्रेरणा गरेका थिए।

रगतलेनै मान्छेको ज्यान बचाउन मद्दत गर्छ। रगत दान गर्नु भनेको सबै भन्दा ठूलो दान हो। आफ्नो शरिरमा खेर जाने रगतलाई प्रयोग गरेर अरु कसैको ज्यान बच्छ भने मैले आजै सुरु किन नगर्ने? बिना स्वार्थ, बिना राजनीति, बिनाभेदभाव बिडिएले २००९ साल देखि निरन्तर यो अभियान चलाएको छ।

यो अभियानमा धेरै ब्यक्ति र संस्थाहरुले सहयोगको हात बढाएका छन्। उदाहरणको लागि एनयसटि (टक्सासको नेपाली संस्था)ले बिडिएलाई हरेक दुई वर्षमा दुई हजार अमेरिकि डलर सहयोग प्रदान गर्दै आएको छ। गत वार्षिक साधारण सभाको भेलामा कोलोराडोका समाज सेवी नारायण श्रष्ठले पनि हरेक दुई वर्षमा बिडिएको महत्व र यस्ले गर्दै आएका कामको प्रसंशा गर्दै दुई हजार अमेरिकि डलर दिने निर्णय गर्नु भएको छ। यस्ता मनकारी सहयोगी संस्था र ब्यक्तिहरुलाई बिडियले मुक्त कन्ठले धन्यवाद भन्न चाहन्छ र सबैलाई बिभिन्न तवरले यो संस्थासगं जोडिन, केही न केही भूमिका खेलिदुनुहुन पनि अनुरोध गर्दछ।

जुन महिनाको १४ तारिख पर्ने रक्त दाता दीवस र स्व. अर्जुन मैनाली विशेष रक्त दान समारोहलाई सहयोग गरिदिनुहुन पनि बिडिए स्टेट कमिटिहरु र बिडिए केन्द्रिय कमिटि आव्हान गर्दछ।

हामी संस्था हैनौँ एउटा अभियान हौँ। हामीले गरे गर्न नसक्ने के छ र!

रक्त दान गरौँ जीवन दान गरौँ यहाँले दिएको एक पोका रगतले तीन जनाको ज्यान बचाउन सकिन्छ।

प्रतिक्रिया