इरानी खतराविरुद्ध अमेरिका आक्रामक: दुईवटा मानवरहित आक्रमणकारी यान ध्वस्त

इनेप्लिज २०८३ जेठ २४ गते ११:०४ मा प्रकाशित

वासिङ्टन डीसी।अमेरिकी सेनाले अन्तर्राष्ट्रिय समुद्री व्यापारिक मार्गलाई खतरा पुर्‍याइरहेका इरानी ‘वान-वे’ (एकतर्फी) आक्रमणकारी मानव रहित यान (ड्रोन)हरूलाई फेरि आकाशमै खसालिदिएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने ‘हर्मुज जलडमरूमध्ये’ क्षेत्रमा ती मानव रहित यान (ड्रोन)हरूले अवरोध सिर्जना गर्न खोजेका थिए।

सेन्ट्रमले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अमेरिकी सैनिकहरूले इरानका दुईवटा घातक मानव रहित यानहरूलाई सफलतापूर्वक नष्ट गरेको पुष्टि गरेको छ। अमेरिकी सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सेना इरानी आक्रामकता र सम्भावित खतराविरुद्ध दृढतापूर्वक उभिन र समुद्री क्षेत्रको रक्षा गर्न सधैँ तयारी अवस्थामा रहेको छ।”

यो घटनाअघि गत शुक्रबार पनि अमेरिकी सेनाले सोही क्षेत्रतर्फ लक्षित गरी पठाइएका चारवटा इरानी मानव रहित यान (ड्रोन)हरूलाई खसालेको थियो। मानव रहित यान मात्र नभई अमेरिकाले इरानको गोरुक सहर र क्युश्म टापुमा रहेका इरानी तटीय निगरानी राडार केन्द्रहरूमा समेत शक्तिशाली हवाई आक्रमण गरेको थियो।

प्रतिक्रिया