१११ विद्यार्थी सम्मानित

इनेप्लिज २०८३ जेठ २३ गते १३:१० मा प्रकाशित

डि पी ढुंगेल

विराटनगर : मोरङको रङ्गेली नगरपालिका १ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडा का १११ जना विद्यार्थीहरू सम्मानित भएका छन्। नेपाल सरकारबाट प्रदान गरिने सीमान्तकृत दलित तथा बालिका छात्रवृत्तिबाट ७७ जना विद्यार्थीहरू सम्मानित भएका हुन् । कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरू ले छात्रवृत्ति प्राप्त गरेका छन्। त्यसैगरी भीष्मराज — हिमकला छात्रवृत्ति बाट जेहनदार तथा दलित सीमान्तकृत चार जना विद्यार्थीहरू सम्मानित भएका छन्। सम्मानित हुनेहरूमा ओम कुमार बस्नेत सृष्टि भुजेल भूमिका बिक र आशिष झाँगड हुन । उनीहरूले जनही रु २००० का दरले छात्रवृत्ति प्राप्त गरेका थिए । भीष्मराज — हिमकला अक्षय कोष छात्रवृत्ति का संरक्षक तथा शिक्षाप्रेमी सुभाष गौतमद्वारा आफ्ना मातापिताको सम्झनामा अक्षय कोष स्थापना गरेका हुन्। उनीहरू शैक्षिक सत्र २०८२ को परीक्षामा उनीहरू उत्कृष्ट भएका हुन्।

शुक्रबार विद्यालयको प्राङ्गणमा भएको सम्मान कार्यक्रममा शैक्षिक सत्र २०८२ सालको परीक्षामा कक्षा १ देखि कक्षा १० सम्मका प्रथम दोस्रो तेस्रो हुने ३० जना जेहनदार विद्यार्थीहरू लाई समेत विद्यालयले सम्मान गरेको छ। पुरस्कार तथा सम्मान कार्यक्रम का अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानिया सहायक प्रधानाध्यापक टंकबहादुर खत्री शिक्षकहरू भोला सरदार दिनेश बिष्ट विजय प्रभात खवास नवराज सुवेदी लगायतले विद्यार्थीहरूलाई मेहनत र कडा परिश्रम गर्दै आगामी दिनमा उच्च अङ्कका साथ सफलताको शुभकामना दिए ।

प्रतिक्रिया