
मेलबर्न: सनातन वैदिक धर्म, संस्कृति तथा भजन परम्पराको संरक्षण, संवर्द्धन एवं पुस्तान्तरण गर्ने पवित्र उद्धेस्य सहित मेलबर्नको नेपाली मन्दिरमा नियमित रुपमा महिनामा छः दिन भजन कीर्तन कार्यक्रम गर्दै नाचगान हुने गर्छ । एउटा प्रत्येक शनिवार वेलुकी ५:३० बजेदेखि र अर्को युवा समुदायद्धारा पाक्षिक रुपमा (महिनाको पहिलो र तेश्रो आइतवार) बेलुकी ५:३० देखि ।

प्रत्येक शनिवार गर्ने गरिएको भजन कीर्तन कार्यक्रम आयोजकद्धारा बेलाबेलामा महा-भजन कार्यक्रम आयोजना गर्ने गरेको छ । बिगत १ बर्षभन्दा बढी समयदेखि गर्दै आएको यो कार्यक्रमको बीच बीचमा आयोजना गर्ने गरिएको महा-भजन कार्यक्रममा ५०० को हाराहारीमा सहभागिता हुने गरेको छ र यो संख्या बढ्दो क्रममा छ भने पछिल्लो महा-भजन दोश्रो हो र अब छिट्टै तेश्रो महा-भजनको दिन घोषणा गरिनेछ ।

३० बर्षको हाराहारीका रवी योन्जनद्धारा मेलबर्नस्थित नेपाली मन्दिरमा नै आयोजित सागा दावा दुचेन २०२६ कार्यक्रम सम्पन्न भएको छ ।
सागा दावा तिब्बती बौद्ध क्यालेन्डरको चौथो महिना हो, जसलाई पुण्यको महिना पनि भनिन्छ। यो महिना १७ मे देखि १५ जुन २०२६ सम्म रहनेछ । सागा दावा दुचेन (३१ मे २०२६) तिब्बती बौद्ध धर्ममा सबैभन्दा पवित्र दिन मानिन्छ किनभने यसै दिन भगवान बुद्धको जीवनका तीन प्रमुख घटनाहरू जन्म, ज्ञान प्राप्ति (बुद्धत्व) र महापरिनिर्वाण (देहत्याग) भएका थिए ।

सदगुरुका अनुसार नेपालका कतिपय भूभाग ‘आध्यात्मिक शरीर’ को रुपमा रहेको छ। त्यसैले त खप्तड बाबा, शिवपुरी बाबा, डा रामनाथ अघोरी जस्ता ठूला ठूला सिद्ध पुरुषहरु भारतदेखि आएर नेपाललाई आफ्नो कर्मभूमि बनाए र अन्य कयौं सिद्ध पुरुष नेपाल नियमित आउने गर्छन । वुद्ध र ऋषिमुनिहरुको बसोवास रहेको तपोभूमि नेपाल पुनः विस्वकै आध्यात्मिक केन्द्र बन्ने कुरा आउन थालेका छन भने यस उद्धेस्य प्राप्तीका खातिर बिभिन्न किसिमबाट कृयाशिल आध्यात्मिक ब्यक्तित्व बढ्दो छ । यस्लाई महसूस गर्नेहरुका लागि त झन यसरी बिदेशमा रहनेहरुको यस किसिमका सक्रियताले थप आल्हादित तुल्याउँछ ।

बिदेशमा यस्ता कार्यक्रमहरु धार्मिक र आध्यात्मिक दृस्टिकोणबाट मात्रै महत्वपूर्ण नभएर बैज्ञानिक द्रिस्टिकोणबाट पनि महत्वपूर्ण छ । यो हाम्रो परिचयको एउटा अंश पनि हो ।


महा-भजन २ को सानो झलकको रुपमा भिडियो
प्रतिक्रिया