अमेरिकी सेनाले खसाल्यो इरानी ४ वटा मानव रहित यान , तटीय राडार केन्द्रहरूमा पनि हमला

आत्मरक्षाका लागि भन्दै जवाफी कारबाही

इनेप्लिज २०८३ जेठ २३ गते १:२५ मा प्रकाशित

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले शुक्रबार हर्मुज जलडमरूतर्फ प्रहार गरिएका चारवटा इरानी ‘वान-वे अट्याक ड्रोन’ अर्थात् एकतर्फी आक्रमण गर्ने मानव रहित यानलाई अमेरिकी सेनाले सफलतापूर्वक खसालिदिएको जनाएको छ।

सेन्टकमका अनुसार ती मानव रहित यान हरूले उक्त क्षेत्रमा ओहोरदोहोर गर्ने व्यापारिक तथा सामुद्रिक जहाजहरूका लागि ‘तत्काल ठूलो खतरा’ खडा गरेका थिए।

यो आक्रमणपछि अमेरिकी सेनाले थप सुरक्षा कदम चाल्दै इरानको गोरुक र केश्म टापुमा रहेका तटीय निगरानी राडार केन्द्रहरूमा समेत बमबारी गरेको छ। सम्भावित थप आक्रमणहरू रोक्न र आफ्नो आत्मरक्षाका लागि यो जवाफी कारबाही गरिएको अमेरिकाले दाबी गरेको छ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै भनेको छ, “इरानको बिनाकारणको आक्रामक व्यवहारविरुद्ध आत्मरक्षाका लागि तयारी अवस्थामा रहन अमेरिकी सेना पूर्ण रूपमा सतर्क र तैनाथ छ।” यस घटनाले उक्त अन्तर्राष्ट्रिय जलमार्गमा फेरि सैन्य तनाव बढाएको छ।

प्रतिक्रिया