
अमेरिकाको भर्जिनिया राज्यका ब्रेन्डन ब्यानफिल्डलाई आफ्नी पत्नी क्रिस्टिन ब्यानफिल्ड र जोसेफ रायन नामका एक निर्दोष व्यक्तिको हत्या गरेको आरोपमा अदालतले सशर्त रिहाइको सुविधा बिना आजीवन कारावास” सुविधा बिना जीवनभर जेल सजाय सुनाएको छ।
ब्यानफिल्ड पहिले अमेरिकी कर विभागका कानुन कार्यान्वयन अधिकारी थिए। अभियोजन पक्षका अनुसार उनले आफ्नी पत्नीलाई हटाएर परिवारकी ब्राजिली औ पेयर (बाल हेरचाह गर्ने कर्मचारी) जुलियाना पेरेस म्यागाल्हाएससँग नयाँ जीवन सुरु गर्ने योजना बनाएका थिए।
अदालतमा प्रस्तुत प्रमाणअनुसार ब्यानफिल्ड र म्यागाल्हाएसले जोसेफ रायनलाई झूटो बहानामा आफ्नो घरमा बोलाएका थिए।
त्यसपछि घटनालाई घरभित्र जबरजस्ती प्रवेश गरेका आक्रमणकारीको जस्तो देखाउने प्रयास गरिएको थियो।
न्यायाधीश पेनी अजकारेटले ब्यानफिल्डको कार्यलाई “दुष्ट र योजनाबद्ध” भन्दै कडा टिप्पणी गरिन्। उनले आफ्नी पत्नीको जीवनको कुनै मूल्य नदिएको र एक निर्दोष व्यक्तिलाई पनि जालमा पारेर मृत्युको मुखमा पुर्याएको बताइन्।
घटना हुँदा दम्पतीकी ४ वर्षीया छोरी पनि घरमै थिइन्। त्यसकारण ब्यानफिल्डलाई बालबालिकाको सुरक्षामा खतरा पुर्याएको आरोपमा पनि दोषी ठहर गरिएको थियो।
म्यागाल्हाएसले अदालतमा ब्यानफिल्डले आफूलाई विवाह गर्ने र सन्तान जन्माउने इच्छा व्यक्त गरेको तर त्यसअघि पत्नीलाई “हटाउनुपर्ने” बताएको गवाही दिएकी थिइन्।
उनले ब्यानफिल्डविरुद्ध साक्षी दिन सहमत भएपछि कम सजाय पाएकी हुन्। उनलाई १० वर्ष कारागार सजाय सुनाइएको छ।
यो चर्चित मुद्दालाई अमेरिकी सञ्चारमाध्यमहरूले “औ पेयर अफेयर” नाम दिएका छन्।
प्रतिक्रिया