विश्वकप भकुन्डो खेल्न निस्किएको इरानी भकुन्डो टोली मारमा: मेक्सिकोको प्रवेशाज्ञा मिल्यो, अमेरिकाको अझै गायब

इनेप्लिज २०८३ जेठ २१ गते १६:५४ मा प्रकाशित

विश्वकप भकुन्डो प्रतियोगिता सुरु हुन अब धेरै कम समय बाँकी छ। तर, इरानको राष्ट्रिय फुटबल ( भकुन्डो )टोलीले अहिलेसम्म अमेरिका जाने भिसा (प्रवेशाज्ञा) पाउन नसकेको सिविएसन्यूजले जनाएको छ ।

इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार उनीहरूले मेक्सिको जाने प्रवेशाज्ञा( भिसा )भने पाइसकेका छन्।

इरानी टोली अहिले टर्कीमा अभ्यास गरिरहेको छ र उनीहरू शनिबार मेक्सिकोका लागि प्रस्थान गर्ने तयारीमा छन्। 

मेक्सिकोका लागि सबै कानुनी प्रक्रियाहरू पूरा भइसकेका छन्। 

तर, अमेरिकाको प्रवेशाज्ञा( भिसा )नै अहिले उनीहरूको सबैभन्दा ठूलो समस्या बनेको छ। इरान भकन्डो महासंघका अध्यक्ष मेहदी ताजले बुधबार भनेका छन्, “अमेरिकाको भिसाबाहेक अब अरू कुनै बाधा छैन। हामीले अन्तर्राष्ट्रियफुटबल महासंघ (फिफा) सँग कुरा गरिरहेका छौँ र उनीहरूले हामीलाई पर्खन भनेका छन्।”

यस पटकको विश्वकपमा इरानले अमेरिकाको लस एन्जलस र सियाटलमा गरी तीनवटा खेलहरू खेल्ने तालिका छ। इरानको पहिलो खेल जुन १६ मा न्युजिल्यान्डसँग हुँदैछ।

अमेरिकाका विदेश सचिव मार्को रुबियोका अनुसार इरानमा हरेक युवाले अनिवार्य रूपमा सेनामा काम गर्नुपर्ने नियम छ। 

इरानको उक्त सैन्य संगठन (इरान रेभोलुसनरी गार्ड कप्र्स) लाई अमेरिकाले ‘आतंकवादी समूह’ मान्छ।

 समाचारका अनुसार त्यसैले, जुन खेलाडीहरूले विगतमा त्यो सेनामा काम गरे, उनीहरूलाई अमेरिका पस्न निकै गाह्रो भइरहेको छ ।

प्रतिक्रिया