विश्वविद्यालयभित्रै विद्यार्थीमाथि यौन शोषण: चिकित्सकको बदमासी लुकाउन ओहायो राज्यले तिर्यो १०० मिलियन डलर

इनेप्लिज २०८३ जेठ २१ गते ११:११ मा प्रकाशित

अमेरिकाको प्रसिद्ध ‘ओहायो स्टेट युनिभर्सिटी’ अर्थात् राज्य बिश्वबिद्यालयले आफ्ना सयौँ पूर्व खेलाडी विद्यार्थीहरूसँग माफी माग्दै करिब १०० मिलियन डलर राहत रकम दिने सम्झौता गरेको छ। यो सम्झौता विश्वबिद्यालयका एक पूर्व चिकित्सक रिचार्ड स्ट्रासले वर्षौँअघि विद्यार्थीहरूमाथि गरेको यौन दुर्व्यवहार (यौन शोषण) को क्षतिपूर्तिका रूपमा गरिएको हो।

चिकित्सक स्ट्रासले सन् १९७८ देखि १९९८ सम्म सो विश्वविद्यालयमा काम गरेका थिए। उनले महाबिद्यालयभित्र र बाहिर पनि क्लिनिक (उपचारकक्ष)चलाउँथे, जहाँ उपचारका बहानामा उनले विद्यार्थीहरूलाई सताउने गर्थे। ती चिकित्सकको सन् २००५ मा मृत्यु भइसकेको छ। पीडित विद्यार्थीहरूले सन् २०१८ देखि कलेजविरुद्ध अदालतमा कानुनी लडाइँ लडिरहेका थिए, किनभने उजुरी गर्दा पनि महाबिद्यालयले ती चिकित्सकलाई समयमै कारबाही गरेर रोकेको थिएन।

अन्ततः महाबिद्यालय (कलेज)को सञ्चालक समितिले २७९ जना पीडित विद्यार्थीहरूसँग यो सम्झौता पास गरेको छ। महाबिद्यालयका अध्यक्ष रवि बेलामकोन्डाले भने, “पीडितहरू सधैँ हाम्रो परिवारका सदस्य हुन्। उनीहरूले हिम्मत गरेर आवाज उठाएका कारण हामी आभारी छौँ र यो सम्झौताले उनीहरूको घाउमा केही मलम लगाउनेछ।”

एउटा स्वतन्त्र अनुसन्धान प्रतिवेदन अनुसार, महाबिद्यालयका ठुला अधिकारीहरूलाई सन् १९७९ मै ती चिकित्सकको खराब बानीबारे थाहा थियो। तर, बिश्वबिद्यालयले वर्षौँसम्म यसलाई लुकायो र कुनै कडा कदम चालेन।

पीडित विद्यार्थीहरूले संचारमाध्यममा बताए अनुसार, उनीहरू बिरामी पर्दा चिकित्सक कहाँ विश्वास गरेर जान्थे, तर चिकित्सकले उनीहरूको मजबुरीको फाइदा उठाउँथे। कतिपय विद्यार्थीले आफ्ना खेलकुद प्रशिक्षक (कोच) हरूलाई यसबारे बेलैमा सुनाएका थिए, तर कसैले सुनुवाइ गरेनन्।

यसअघि पनि ओहायो राज्य बिश्वबिद्यालय स्टेट ले ३१७ जना अन्य पीडितहरूलाई ६ करोड डलरभन्दा बढी रकम दिइसकेको छ। पीडितहरूमध्ये कतिपय अमेरिकाका चर्चित राष्ट्रिय खेलाडी समेत छन्। वर्षौँको अन्याय र लडाइँपछि अन्ततः महाबिद्यालयले आफ्नो गल्ती स्वीकार गरेको छ, जसले गर्दा विद्यालय इतिहासको एउटा दुःखद अध्याय बन्द हुन पुगेको छ।

प्रतिक्रिया