
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा मार्फत घोषणा गर्दै इरानसँगको युद्ध समाप्त भएको दाबी गरेका छन्।
उनले लेखेका छन् , “इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूर्ण भएको छ” र यसलाई ऐतिहासिक सम्झौता भन्दै सबैलाई बधाई दिएका छन्।
ट्रम्पका अनुसार, उनले स्ट्रेट अफ हर्मुज ( हर्मुज जलडमरु) पूर्ण रूपमा खोल्न अनुमति दिएका छन्। यो समुद्री मार्ग विश्वको तेल व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। यसबाट विश्वभर तेलको आपूर्ति सजिलो हुने र बजारमा ठूलो परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
उनले अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी पनि तुरुन्त हटाउने आदेश दिएको बताएका छन्। ट्रम्पले आफ्नो प्रकाशन( पोष्ट) मा अब विश्वका सबै जहाजहरू स्वतन्त्र रूपमा चल्न सक्छन् र तेलको प्रवाह सुरु हुनुपर्छ भनि लेखेका छन् ।
प्रतिक्रिया