एएनएमएको अध्यक्षमा डा. नारायण न्यौपाने निर्वाचित

इनेप्लिज २०८३ जेठ १६ गते १६:५५ मा प्रकाशित

अमेरिका नेपाल मेडिकल फाउन्डेसन ( एएनएमएफ)का वर्तमान उपसभापति चिकित्सक नारायण न्यौपाने अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

यो संस्थाले नेपाल र अमेरिकाका चिकित्सकहरूलाई जोड्ने र नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्ने गर्दछ। 

उनको नेतृत्वमा एएनएमएले नेपालको स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। 

अध्यक्षसँगै अन्य महत्वपूर्ण पदहरूमा पनि अनुभवी र योग्य चिकित्सकहरु पनि चयन भएका छन् ।

समिति सदस्यहरुमा क्रमस उपाध्यक्षमा डा. नविन कैनी, सचिवमा डा. विकास भट्टराई, सह-सचिवमा डा. अनन्त सुवेदी, कोषाध्यक्षमा डा. मनिष गुरागाईं, र सह-कोषाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भएका छन् ।

नॅया समितिले संस्थाको उद्देश्यहरू प्राप्त गर्न र नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्न एकजुट भएर काम गर्ने प्रतिबद्धता डा न्यौपानेले जनाए ।

अध्यक्ष न्यौपानेले अध्यक्षमा निर्वाचित भए पछि बोल्दै सबैलाई जोडने र सबैलाई सहयोग गर्न आह्वान समेत गरे ।

यो नयाँ कार्यसमितिको कार्यकालमा संस्थाले अझ उचाइ लिने विश्वास गरिएको छ ।

प्रतिक्रिया