सङ्कटमा परेका ११ हजार लेबनानका नागरिकलाई अमेरिकाको साथ, थप ६ महिना बस्न र काम गर्न पाउने

इनेप्लिज २०८३ जेठ १५ गते १९:३१ मा प्रकाशित
Screenshot

अमेरिकाको ट्रम्प प्रशासनले अमेकिका बसोबास गरिरहेका करिब ११ हजार लेबनानी नागरिकका लागि एउटा ठूलो र महत्त्वपूर्ण निर्णय गरेको छ। 

सरकारले उनीहरूलाई तत्काल आफ्नै देश फिर्ता पठाउनबाट रोक्दै थप ६ महिना अमेरिकामा नै बस्न र काम गर्न पाउने कानुनी अनुमति अस्थायी सॅरक्षित दर्जा(टिपिएस) दिएको छ।

एपिका अनुसार यो निर्णय अलि फरक र अनौठो तरिकाले भएको छ। वास्तवमा, अमेरिकी सरकारले लेबनानी नागरिकको बस्ने अवधि थप्ने वा नथप्ने भन्ने निर्णय गर्ने अन्तिम समय (डेडलाइन) गुमाएको थियो। 

समयमै निर्णय हुन नसकेका कारण यो सुविधा स्वतः (अटोमेटिक) रूपमा थपिएको हो।

अमेरिकाको गृह बिभाग (डीएचएस) का अनुसार लेबनानको वर्तमान अवस्थाबारे ठोस निर्णय लिन पर्याप्त समय नभएकाले यस्तो भएको हो। 

अहिले लेबनानको दक्षिणी क्षेत्रमा इजरायली सेना र हिजबुल्लाह विद्रोहीहरूबीच भयानक युद्ध चलिरहेको छ। यस्तो युद्धको समयमा उनीहरूलाई आफ्नै देश फर्काउनु सुरक्षित मानिँदैनथ्यो।

यो विशेष सुविधालाई ‘टीपीएस’ अर्थात अस्थायी सॅरक्षित दर्जा(टिपिएस) भनिन्छ। अमेरिकी संसद्ले सन् १९९० मा यो कानुन बनाएको हो, जसको मुख्य उद्देश्य प्राकृतिक प्रकोप वा गृहयुद्धबाट पीडित देशका नागरिकलाई सुरक्षित राख्नु हो। 

यद्यपि, अमेरिकाका रिपब्लिकन दलका नेताहरूले भने यो कार्यक्रमको कडा आलोचना गर्दै आएका छन्।

 तर, तत्कालका लागि भने ११ हजार लेबनानी नागरिकले ठुलो राहत पाएका छन्।

प्रतिक्रिया