
अमेरिकामा हरेक वर्ष आयोजना हुने चर्चित शब्द–उचारण प्रतियोगिता ‘स्क्रिप्स नेशनल स्पेलिङ बी’ अर्थात हिज्जे प्रतियोगितामा यो वर्ष पनि भारतीय मूलका श्रेय पारिखले बाजी मारेका छन्।
६ वर्षको लामो यात्रा, धेरै उतारचढाव र कडा मिहिनेतपछि श्रेय पारिख यस वर्षको राष्ट्रिय बिजेता बनेका छन्।
एपिका अनुसार बिहीबार राति भएको निर्णायक( फाइनल) खेलमा श्रेय जब–जब ध्वनि प्रसारण(माइक)को अगाडि जान्थे, डरले उनको शरीर काँप्ने गर्थ्यो। यो उनको खेल जीवनको अन्तिम परीक्षा थियो, जहाँ सानो गल्तीले पनि यात्रा सकिन सक्थ्यो।
तर, जब उनले सहजकर्ताबाट शब्दहरू सुने, उनको अनुहारको डर तुरुन्तै हरायो। उनले टाउको हल्लाउँदै आफूलाई सबै शब्द आउने सङ्केत गरे। श्रेयले भने, “एकपटक शब्द सुनेपछि मेरो डर हराउँछ, किनकि त्यसपछि सबै कुरा मेरो नियन्त्रणमा हुन्छ।”

यो अन्तिम(फाइनल) निकै रोमान्चक र प्रतिस्पर्धात्मक थियो। श्रेयले आफ्ना बलिया प्रतिस्पर्धी ईशान गुप्तालाई ‘लाइटनिङ-राउन्ड’ अर्थात छिटो जवाफ दिनुपर्ने टाइब्रेकरमा हराए।
यो यस्तो चरण(राउन्ड) थियो जहाँ श्रेयले सुरुको शब्द भन्ने बित्तिकै उनको जित निश्चित जस्तै देखिएको थियो।
श्रेयले प्रतियोगितामा नयाँ कीर्तिमान समेत बनाएका छन्। उनले मात्र ९० सेकेन्डमा ३२ वटा कठिन शब्दहरूको सही हिज्जे मिलाए।
सन् २०२२ मा यो नयाँ नियम लागू भएयताकै यो सबैभन्दा ठूलो किर्तिमान हो। श्रेयकी आमा ख्याति मेहताले खुसी हुँदै भनिन्, “मैले शब्दहरू गनिरहेकी थिएँ। जब ३० भन्दा बढी भयो, मलाई विश्वास भयो कि अब जित हाम्रै हो।”
प्रतिक्रिया